राष्ट्रसंघले शरणार्थी महिला र बालबालिकाप्रति चासो देखायो
जेनेभा — संयुक्त राष्ट्रसंघले शरणमाग्दै विभिन्न स्थानमा पुगेका शरणार्थी महिला र बालबालिकाको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।
यसरी शरण मागेर शिविरमा बस्ने गरेका महिला र बालिकामाथि यौनहिंसा तथा यौनजन्य दुव्र्यवहार बढ्ने गरेको पाइएको राष्ट्रसंघीय शरणार्थी नियोग, युएनएचसिआरले जनाएको छ ।
हालै गरिएको एक सर्वेक्षणमा उनीहरुमाथि यस्तो दुव्र्यवहार हुने गरेको पाइएको छ । उक्त नियोगकै संलग्नतामा हालैमात्र ग्रिसमा रहेको शरणार्थी शिविरमा गरिएको एक अनुसन्धानबाट यस्तो अवस्था देखिएको पाइएको थियो ।
उक्त नियोगले भनेको छ, हामीले हालै पाएको यस्तो अवस्थाबाट हामी निकै चिन्तित छौँ र यसको निराकरणका लागि सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ ।
उक्त नियोगले यो अवस्थाको निराकरणका लागि सरकारलाई नै आग्रह गरेको छ । सन् २०१७ मा यस्तो सर्वेक्षण गरिएको थियो ।
नियोगका अनुसार ग्रिसको ग्रिस एजिङ टापूमा रहेका शरणार्थी शिविरहरुमा यस्तो अनुसन्धान गरिएको थियो ।
उक्त अनुसन्धानमा सहभागी भएका ६२२ जना आप्रवासी शरणार्थीमध्ये २८ प्रतिशतले आफूहरुमाथि यौनजन्य हिंसा र लैंगिक हिंसा गरिएको बताएका थिए ।
यस्तो प्रतिवेदनले नियोगलाई निकै चिन्तित तुल्याएको भन्दै ती बेसहाराहरुको अधिकार संरक्षणका लागि सरकारले विशेष ख्याल गर्नुपर्नेमा युएनएचसिआरका प्रवक्ता सिसिले पाउलीले बताए ।
उनले शरणार्थी शिविरहरुमा सुरक्षा र न्युनतम आवश्यकताको परिपूर्तिका लागि मापदण्डहरु बनाएर कामगर्न पनि आग्रह गरे ।
ती शिविरहरुमा कम्तीमा पनि ५ हजार ५०० जना शरणार्थी बसेका छन् । उनीहरु ती शिविरको क्षमताभन्दा बढीको संख्याका हुन् । त्यसैले गर्दा पनि उनीहरुको अवस्था सुधारका लागि ध्यान दिनुपर्ने उक्त नियोगले जनाएको छ ।
अनुसन्धानमा संलग्न भएका महिला र बालिकाहरुले आफूहरुमाथि यौनजन्य हिंसा हुने गरेको र लैंगिक विभेदका पनि कैयौँ घटना सहनुपरेको धारणा राखेका थिए ।
विभिन्न देशमा असुरक्षा, आन्तरिक द्धन्द्ध, गरिबी तथा अरु विविध कारणले गर्दा नागरिकहरु देश छोडेर भाग्नु परिरहेको छ । उनीहरु युरोपका विभिन्न देशमा शरणार्थीका रुपमा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा