केन्द्रीय संस्करण

जसले १०० भन्दा बढी फरक आवाज निकाल्न सक्छन्

person access_timeमाघ २९, २०७४ chat_bubble_outline0

एकै व्यक्तिको मुखबाट १०० बढी फरक आवाज निस्किन्छ भन्दा पत्याउन मुस्किल पर्न सक्छ । तर यो वास्तविकता हो । कलाकार दिनेश काफ्ले त्यस्ता प्रतिभाशाली व्याक्ति हुन्, जसले आफ्नो मुखबाट फरक फरक एक सय बढी व्यक्तिको आवाज नक्कल गर्न सक्छन् । सिन्धुली जिल्ला साविक बालाजु गाविस वडा नं. ३ हालको तीनपाटन गाउँपालिकामा जन्मिएका उनी यही प्रतिभाका कारण देशविदेशमा समेत चिनिएका छन् । उनमा जन्मजात यो प्रतिभा देखिएको भने होइन । उनले आफ्नो मिहिनेत र लगनले आफूमा यो प्रतिभाको विकास गर्न सकेका हुन् । सायद त्यसैले पनि होला उनी अहिले यही प्रतिभामार्फत वल्र्ड रेकर्ड अर्थात् ‘गिनिजबुक अफ द वल्र्ड’मा नाम लेखाउने तरखरमा छन् ।

त्यसै काठमाडौँ छिरेको होइन 

२०६४ मा एसएलसी दिएर काठमाडौँ छिरेका थिए उनी । सबैथोक काठमाडौँ नै हो भनेर कलाकार बन्ने सपनासहित छिरेका उनी अध्ययनका लागि प्लसटु भर्ना भए । प्लसटु पढ्दै गर्दा उनका कहिलेकाहीँ कलाकारको नक्कल गर्ने रहर पलाउँथ्यो । तर त्यति बेला नक्कल क्यारिकेचर भन्ने थाहा थिएन उनलाई । कलाकार बन्ने भूतले शैली थिएटरमा उनी नाटक पनि सिक्न थाले । ‘टिभीमा आउन के गर्नुपर्छ भनेर बुझ्दै जाँदा अभिनय सिक्न र पढ्नुपर्ने बुझे ।’ उनले भने ‘टिभीमा देखिने कलाकार बन्छु भनेर नाटक सिक्न थालेँ ।’

उनी नाटक सिक्नका लागि पहिले गुरुकुल पुगेका थिए । त्यहाँ सिक्ने अवसर नपाएपछि रसियन कल्चर सेन्टरमा भर्ना भए । नाटक सिक्दै गर्दा उनी अलिअलि मनोज गजुरेलको क्यारिकेचर गर्न थालेका थिए । रसियन कल्चर सेन्टरमा नवराज बुढाथोकीले ड्रामा सिकाउँथे । त्यहाँ सिक्न थालेपछि उनमा अभिनयको रस बस्यो । त्यति बेलासम्म उनले क्यारिकेचरको विषयमा राम्ररी बुझ्न पाए । रसियन कल्चर सेन्टरमा एक वर्ष बिताउँदा उनले प्रशिक्षण मात्र लिएनन् । ५, ७ वटा नाटक अभिनय गरेर अनुभव पनि हासिल गरे ।

माग्ने बुढाको ड्रेस लगाएर माधव नेपालको क्यारिकेचर

टिभीका कलाकार भनेपछि हुरुक्कै हुन्थे उनी । एक दिन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम हेर्ने पुगेका थिए । त्यहाँ कलाकार मनोज गजुरेले माधव नेपाल बनेर क्यारिकेचर गरेको देखे । त्यसले उनको मन छोयो । घर फर्केपछि त्यही प्राक्टिक्स गरे । त्यतिबेला टेलिभिजनमा मेरी बास्सै भन्ने सिरियल एक एकदमै हिट थियो । उक्त सिरियलको माग्ने बुढो उनलाई धेरै मनपथ्र्यो । उनकै क्यारिकेचर सिक्दै गर्दा दुई जनाको आवाज नक्कल गरे । सोही नक्कल स्कुलमा देखाए । सो समय माग्ने बुढाको ड्रेस लगाएर उनले माधव नेपालको क्यारेकेचर गरेका रहेछन् । अरूको कम्प्लेन गरेपछि मात्र उनले थाहा पाए ।

अनि जुर्यो जिन्दगी फरक तवर

२०६८ मा उनले प्लसटु सकेका थिए । सोही समय स्कुलका शिक्षक, साथीहरू सबैले उनलाई क्यारिकेचर गर्न हौस्याए । उनी नाटक त सिक्दै थिए । क्यारिकेचर पनि थाले । स्ट्रगलको पिरेड भएकाले काठमाडौँमा बस्न, खान र अभिनयको पैसा तिर्न सहज थिएन । त्यसैले उनी घरमा रङ्ग लगाउने, बनिरहेको घरको फर्मा ओसार्नेलगायत जे पाउँथे सो काम गर्न थाले । ‘यो कामबाट धेरै गाह्रो भएपछि छोडेर म होलसेल पसलमा सामान डेलिभरी गर्न थालेको थिए’, उनले विगत सम्झिए– ‘बेलुका नाटक सिक्ने र दिनमा होलसेलमा काम गर्ने मेरो दिनचर्या थियो ।’ यही समय उनलाई सगरमाथा एफएमका रामनाथ घिमिरेले खुल्ला मञ्च भन्ने कार्यक्रममा अन्तर्वार्ता राखे । नवप्रतिभालाई ठाउँ दिने उक्त कार्यक्रममा इन्टरभ्यु दिँदै उनले क्यारिकेचर समेत गरे । त्यो इन्टरभ्युको राम्रो रेस्पोन्सले उनले रेडियो अडियोमा जागिरसमेत पाए । उनले थपे ‘रेडियोमा पनि क्यारिकेचर गर्ने नै जाखिर थियो ।’ रेडियोको जागिरले उनको जिन्दगी फरक तवरले गुड्न थाल्यो ।

तलब पाउन थालेपछि लाइफ स्टाइल फेरियो

कलाकारिताको टर्निङ प्वाइन्ट नै उनको रेडियो बन्यो । उनले कलाकारिताकमा सिक्नुपर्ने हाँस्यव्यङ्ग्यको जग रेडियोमा बसाले । रेडियोबाट आएको पैसाले उनलाई बाच्नसमेत सहज हँुदै गयो । ६ हजार २ सय थियो रेडियोमा उनको तलब । तलब पाउन थालेपछि लाइफ स्टाइल फेरिएको उनले बताए । ‘रेडियोमा जागिर चल्दै जाँदा म धेरैको क्यारिकेचर गर्न सक्ने भएको थिएँ ।’ उनले सुनाए ‘अफिसमा हाकिमको क्यारिकेचर गरेर समेत साथीभाइलाई हसाउँथे ।’ रेडियो कार्यक्रममको सिलसिलामा उनले झलनाथ खनालदेखि धेरै नेतासम्मको नक्कल गर्न पुगे । रेडियोबाटै ‘मेरी बस्सै’, ‘जय होस्’, ‘तीतो सत्य’ लगायतकका सिरियमा उनी भित्रिए । रेडियोमा एक वर्ष बित्दै गर्दा उनलाई एनसेल रोड सो अफर आयो । यो अफरमा पैसा र नाम दुवै थियो । अफरका लागि रेडियो छोडेर भ्याली बाहिर उनी हानिए । ‘यसको सिलसिलमा म माग्ने बुढाको ड्रेस लगाएर कार्यक्रम गर्थे । धेरैको क्यारिकेचर गर्थे, स्टाइन्डर कथामा हसाउँथे ।’ उनी भन्दै गए ‘यो कार्यक्रम सिलसिलामा मैले १४ अञ्चलको करिब ५५ जिल्ला घुमे । यो कार्यक्रमले नाम र दाम दुवै दियो ।

फेरि काठमाडौँ फर्किए

जब टुर सकेर उनी फर्किए । आर्थिक रूपमा पनि केही समृद्धि मिल्यो । यो समयमा उनले एक चलचित्रको समेत अभिनय गरे । यही समय सिन्धुलीमा नयाँ रेडियो खुल्यो । चिनेजानेको मानिसले खोलेको रेडियो भएकाले उनलाई बोलाए । भनेजति पैसा दिने भएपछि यो रेडियोमा पनि एक वर्ष काम गरे उनले । रेडियोमा कार्यक्रम होस्ट र क्यारिकेचर दुवै गर्थे । यो प्रतिभा देखेर धेरै साथीले राजधानीमा सङ्घर्ष गर्न सझाए । उनी फेरि काठमाडौँ फर्किए । रेडियो अडियोमा फेरि जागिर खाए । समय बित्दै जाँदा उनले स्टेज कार्यक्रम, कन्सर्ट, महोत्सव पाउन थाले । विदेशी कार्यक्रममा पनि चान्स मिल्न थाल्यो । हेलो नेपाल भन्ने पनि टुर गरे । सुरताल इभेन्ट कम्पनीको टुर गरे । ‘त्यो बेला सुरु भएको यात्रा अहिलेसम्म पनि जारी छ । कार्यक्रम महोत्सव गरेर अहिलेसम्म देशका सबै ठाउँमा पुगिसकेको छु’ उनले खुसी पोखे ।

फ्यान बढेको पाए

उनको विदेश यात्रा मलेसियाबाट सुरु भयो । चाइनिज न्यु इयरमा त्यहाँका नेपालीले उनलाई बोलाए । एक जना दाइको सिफरिसमा उनी कार्यक्रममा परेका थिए । उनको कार्यक्रममा पशुपति शर्मासँग परेको थियो । ‘नचिनेकाले मलाई कसैले वास्ता गरेनन् । कार्यक्रममा राम्रो प्रस्तुतिपछि सबैको प्रिय बने ।’ उनले ती दिन सम्झिए– ‘अर्काे पटक गायक राजेश पायल राईसँग गएको थिए । यो समय जाँदा मेरो फ्यान बढेको पाएँ ।’  २०१६ बाट सुरु भएको उनको विदेश यात्रा २०१७ मा दक्षिण कोरिया पुग्यो । अहिलेसम्म चार पटक विदेश यात्रा गरेका छन् । तक्कालै कोरिया, मलेसिया, बेल्जियम, हङ्कङ जाने तयारीमा छन् उनी ।

केपी ओलीले आफ्नै क्यारिकेचर सुने

माधव नेपालबाट क्यारिकेचर सुरु गरेका उनले मनोज गजुरेल, माग्ने बुढा, धुर्मुस, सुनिल थापा, झलनाथ खनाल, केपी ओली, प्रचण्ड, बाबुराम, वैद्य गर्दै राजनीतिक नेता, कलाकार र अन्य व्यक्तिको गरेर उनी अहिले १५० व्यक्तिको क्यारिकेचर गर्न सक्छन् । त्यसैले पनि उनी अहिले क्यारिकेचरबाटै गिनिज बुकमा नाम लेखाउने तयारी गर्दैछन् । यसका लागि उनी विश्वका चर्चित व्यक्तिको पनि क्यिारिकेचर सिकिरहेका छन् । ‘मैले बुझेसम्म क्यारिकेचरबाट गिनिजबुकमा नाम लेखेको मानिस छैन’, उनले भने ‘पाकिस्थानका एक व्यक्तिले तयारी गर्दै रहेछन् ।’ ‘रेकर्डका लागि बाराक ओबामा, मोदी, किमजोङ, जापानको राष्ट्रपति, लन्डन, रुसको राष्ट्रपतिलगायतको अध्यायन गरिरहेको छु’, उनले थपे ।

उनको स्टेजमा धेरै पपुलर भएको क्यारिकेचर मोटु पत्लु हो । यसका लागि उनले महिनौ टेलिभिजन अगाडि बिताएका छन् । बच्चाहरूले रुचाउने यो  क्यारिकेचर स्टेज कार्यक्रममा बच्चादेखि बुढासम्मले मनपराएको अनुभव छ उनीसँग । उनलाई एमाले अध्यक्ष केपी ओलीले आफ्नो क्यारिकेचर हेरर ‘धाप मारेर भाइको भविष्य राम्रो छ ।’ भनेका थिए रे  ‘क्यारिकेचर राम्रो गर्नु हुँदो रहेछ । मेरो त धुर्मुसेले पनि गर्छ । तर झलनाथ जी, वैद्यजीको तपाईंले गरेको एकदमै मन पर्यो’– ओलीले भनेको शब्द उनले दोहोर्याए, ‘शेरबहादुरको पनि मन पर्यो बधाइ छ ।’ ओलीको घरमै गएर उनले क्यारिकेचर सुनाएका थिए ।

विभिन्न माध्यमबाट क्यारिकेचर कपी गरेका छन् उनले । केही व्याक्तिको भिडियाबाट सिक्न नसकेर भेटेर पनि सिक्नुपरेको छ । टिभीबाट मोटु पत्लुको क्यारिकेचर गर्न मलाई करिब एक वर्ष लागेको थियो । ‘धेरै पात्रको नक्कल गर्ने भएकाले कन्फ्युज हुन्छ होला भन्ने धेरैले सोच्छन्’, उनले कन्फिडेन्टसहित भने– ‘म एक आवज निकाल्दा निकाल्दै अर्काे तुरुन्तै गर्न सक्छु ।’ दिमागामा पात्र खुल्ने बित्तिकै आवाज अटोमेटिकल्ली आउने उनले सुनाएँ ।

एक समय उनी रवि लामिछानेको क्यारिकेचर सिक्न मिडिया अगाडि बसेका थिए । ‘रवि लामिछानेको हाउभाउ, बोलीचाली सबै मेरा लागि कठिन थियो । सिक्दै मिलाउँदै रेकर्ड गर्दै सुन्दै गर्दा राष्ट्रपति विद्या भण्डारीसँग मिल्यो ।’ उनले भने ।

सन्तानमै नभएको कला

सन्तानमै नभएको कला यसमा आयो । अहिले उनलाई परिवारले भन्ने शब्द हुन् यी । ‘सबैले चिन्छन् । धेरै ठाउँ डुल्यो । आफन्तले पनि दिनेशको आफन्त भन्छन्’ उनको आमाले उनलाई सुनाउने गरेकी छन् । ‘पहिले परिवार बुबाको नामबाट चिनिन्थे । अहिले मेरो नामबाट चिनिन्छन्’ उनले थपे ‘मेरो कारणले परिवार र आफन्तको पनि परिचय फेरियो ।’ उनलाई  पहिले हाँस्यकलाकार भनेर बोलाउथे धेरैले । अहिले क्यारिकेचर किङ भनेरसमेत बोलाउने गरेका छन् । हाँस्य व्यङ्ग्य क्षेत्रमा अब नयाँ तरिकाको विकास गर्नुपर्ने उनी बताउँछन् । रियालटी लाइफ सो स्टान्डर कमेडीमा अब रमाउनुपर्छ भन्ने उनको भनाइ रहेको छ । अमेरिकमा विस्व चर्चित कार्यक्रम ‘गठ ट्यालेन्ट’सो चल्ने गरेको छ । त्यहाँ भारतीयहरू धेरै पुगेका छन् । नेपालको तर्फबाट आफू पुग्ने उनले लक्ष्य रहेको छ । ‘उक्त कार्यक्रममा गएर नेपालको झण्डासहित आफ्नो प्रतिभा देखाउने इच्छा रहेको छ’, उनले आफ्नो अन्तिम लक्ष्य सुनाए ।

कुवेर गिरी

 गिरी कला/मनोरञ्जन क्षेत्रमा क्रियाशील पत्रकार हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ