शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसले गरे १ सय ६१ औ पटक रक्तदान

सोमबार, २९ माघ २०७४, ११ : ०३
सोमबार, २९ माघ २०७४

विजय थापा, युगाण्डा–न्यूयोर्कका समाजसेवी अर्जुन प्र मैनालीले १ सय ६१ पटक रक्तदान गरेका छन् । गैर आवासीय नेपाली संघ युगान्डाले युगान्डाको कम्पालामा आयोजना गरेको रक्तदान कार्यक्रममा मैनालीले १६१ औं पटक रक्तदान गरेका हुन् ।
नेपालीको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद दिने र सम्पूर्ण नेपालीकै लागि गौरवको विषय बन्ने भएकाले ४५०० डलर सहयोग गरेका छन् ।
कार्यक्रममा मैनालीले नेपालीहरुले अफ्रीकी मुलुकमा आएर रगत दिनु चानचुने कुरा नभएको भन्दै जीवनमा एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरे ।
कार्यक्रममा ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको मानविय कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा एनआरएनए युगान्डाका  अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष  मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायत सहभागि भएका थिए । कार्यक्रममा सय नेपालीसहित विभिन्न मुलुकका नागरिकले रक्तदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप