केन्द्रीय संस्करण

विश्वका ११ ठूला सहर जहाँ थोपाथोपा पानीका लागि तड्पिनेछन्

person access_timeमाघ २९, २०७४ chat_bubble_outline0

दक्षिण अफ्रिकाको केपटाउन चाँडै नै विश्वको पहिलो आधुनिक सहर बन्दैछ, त्यहाँ खानेपानीको ज्यादै कमी हुनेछ । आउँदो केही हप्तादेखि त्यहाँ बस्ने मानिसलाई खानेपानी उपलब्ध हुने छैन । 

तर दक्षिण अफ्रिकाको यो सुख्खाग्रस्त सहर यस्तो समस्याको सामना गर्ने पहिलो सहर भने होइन । कैयौँ विशेषज्ञहरूले पहिलेदेखि नै पानीको सङ्कट हुने भन्दै चेतावनी दिँदै आइरहेका थिए । 

यद्यपि के कुरा सत्य हो भने जमिनको ७० प्रतिशत भाग पानीले भरिएको छ तर यो सुमद्रको पानी हो, जुन नुनिलो छ । विश्वमा खानयोग्य पानी केवल ३ प्रतिशत छ र यो त्यति सुलभ छैन । 

विश्वमा सयाँै करोड मानिस सफा पिउनेपानी खान पाउँदैनन्, जबकि प्रत्येक वर्ष २७० करोड मानिस एक महिना खानेपानी पाउँदैनन् । 

सन् २०१४ मा विश्वभरीका ५ सय ठूला सहरमा भएको अनुसन्धानले हरेक ४ नगरपालिकामध्ये एउटा नगरपालिकाले पानीको समस्याको सामना गरिरहेको देखाइएको छ । 

संयुक्त राष्ट्रका अनुसार पानीको कमी त्यो  समयमा हुन्छ जब पानीको वार्षिक विरतण प्रतिव्यक्ति १७ हजार क्युबिक लिटरभन्दा कम हुन्छ । 

संयुक्त राष्ट्र समर्थित विशेषज्ञहरूको आँकलन अनुसार सन् २०३० सम्म विश्वभरी खानेपानीको माग वितरणभन्दा ४० प्रतिशत बढी हुने छ । 

यसको कारण हुने छ, जलवायु परिवर्तन, विकास गर्ने मानिसको प्रतिस्पर्धा र जनसङ्ख्यामा वृद्धि । 

यसमा कसैले पनि आश्चर्य मान्नु पर्दैन, यो बढ्दो पानीको सङ्कटको सामना गर्ने पहिलो सहर केपटाउन हुने छ ।

हरेक महाद्विपमा अवस्थित सहरहरूका अगाडि यो समस्या मुख खोलेर उभिएको छ, समयको साथ यससँग जुधिरहेका यी सहरहरूसँग यसबाट बच्ने बाटो निकाल्न समय नै हुनेछैन ।

एक दृष्टि लगाऔँ, विश्वका ११ ठूला सहर, जहाँ छिट्टै खानेपानीको समस्या हुँदैछ ।
 
साओ पालो 
विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमध्ये यो पनि एक हो । ब्राजिलको आर्थिक राजधानी साओ पालो हो । यहाँ २ करोड १७ लाख भन्दा बढी मानिस बसोबास गर्छन् । यो सहरमा सन् २०१५ मा यस्तो अवस्था आयो, जुन आज केपटाउनमा आएको छ । त्यो समयमा त्यहाँको प्रमुख झर्नाको क्षमता ४ प्रतिशत मात्र रहेको थियो । 

सुख्खा बढ्यो र अवस्था यस्तो भयो, सहरमा केवल २० दिनका लागि मात्र पानीको वितरण हुन थाल्यो । यो समयमा एक ठाउँबाट पानीका ट्याक्टरहरू अर्को ठाउँ पुर्याउन प्रहरीले स्कर्टिङ गर्नुपरेको थियो । 

२०१४ देखि २०१७ अवधिका बीचमा ब्राजिलको दक्षिण–पूर्वी क्षेत्रमा ठूलो सुख्खा पर्यो, जसको कारण पानीको कमी भयो भनिन्छ । तर संयुक्त राष्ट्र सङ्घको एक मिसनले यसका लागि गलत योजना र सही ठाउँमा लगानी नगरेकामा साओ पालोका अधिकारीहरूको आलोचना गर्यो । 

२०१६ मा यो समस्याको समाधान गरियो भनेर घोषणा गरियो तर दोस्रो वर्ष जनवरीमा सहरको प्रमुख तालको क्षमता आसा गरेको भन्दा १५ प्रतिशत कम थियो । यसकारण पुनः सरकारको दाबीमाथि प्रश्न खडा भयो । 

ब्याङ्लोर 
भारतीय सहर ब्याङ्लोरको विकासले प्रशासनमाथि ठूलो दबाब परेको छ । ग्लोबल टेक्नोलोजी सेन्टरका रूपमा अगाडि बढिरहेको यो सहरमा पानीको आपूर्ति र निकास प्रणालीलाई राम्रो बनाउन थालेका छन् ।

सहरमा पानीका पुराना पाइपहरूको मर्मतको आवश्यकता छ । एक सरकारी रिपोर्ट अनुसार सहरमा खानेपानी आधाभन्दा बढी त पाइपबाट लिक भएर सकिन्छ । 

चीनमा झैँ भारतका समक्ष पानी प्रदूषणको समस्या छ र ब्याङ्लोरको स्थिति पनि फकर छैन । एक जाँचका अनुसार सहरका तालहरूको ८५ प्रतिशत पानी केवल सिंचाइका लागि वा फ्याक्ट्रीमा प्रयोग गर्नलायक छ तर खानयोग्य छैन । कुनै पनि तालाउको पानी खान र नुहाउनलायक छैन । 

बेजिङ
वल्र्ड बैङ्कका अनुसार पानीको कमी त्यो समयमा हुन्छ जहिले पानीको वितरण वार्षिक प्रतिव्यक्ति १७ हजार क्युबिक लिटरभन्दा कम हुन्छ । 

सन् २०१४ मा सहरमा बस्ने २ करोड मानिसलाई १४५ क्युबिक लिटर पानी उपलब्ध भएको थियो । विश्वको जनसङ्ख्याको २० प्रतिशत हिस्सा चीनमा छ तर विश्वमा खानेपानीको मात्रा ७ प्रतिशत यहाँ छ । 

अमेरिकाको विश्वविद्यालय अफ कोलम्बियाको एउटा अनुसन्धानका अनुसार २००० देखि २००९ को बीचको अवधिमा सहरमा जल संसाधनको क्षमता १३ प्रतिशतसम्म कम भएको थियो । 

२०१५ मा जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार बेजिङमा पानी कति प्रदूषित छ भने खेतीमा पनि प्रयोग गर्नलायकसम्म छैन । 

चीन सरकारले समस्या समाधान गर्न खानेपानी वितरणको राम्रो योजना बनाएको छ । जागरुकताको कार्यक्रम चलाएयो र बढी पानी प्रयोग गर्नेहरूलाई बढी पैसा लगायो । 

कायरो 
विश्वको महान सभ्यताको सुरुवात नाइल नदीको किनारबाट भएको थियो तर यो पुरानो कुरा हो । 

अहिले यो नदीले समस्याको सामना गरिरहेको छ । मिश्रको आवश्यकताको ९७ प्रतिशत पानी नाइल नदीबाट आउँछ साथै यो नदीमा खेत र घरबाट निस्केको प्रदूषित पानी मिसिन्छ । 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मिश्र ती देशहरूमा समावेश छ, जहाँ पानी प्रदूषणबाट हुने मृत्युदर सबैभन्दा बढी छ र जहाँ मानिसको औसतआयु सबैभन्दा कम छ । 

संयुक्त राष्ट्रको भनाइ छ कि सन् २०२५ सम्म पानीको कमीको सामना गर्नुपर्ने छ । 

जाकर्ता
समुन्द्रको किनारमा भएका विश्वका अन्य सहरहरू झैँ जाकर्ताको अगाडि पनि ठूलो चुनौती छ । त्यो हो समुन्द्रको बढ्दो जलस्तर ।

यहाँ दोस्रो ठूलो समस्या के छ भने यहाँ रहेको एक करोडको जनसङ्ख्याको आधा हिस्सा सार्वजनिक पानीको सञ्जालसम्म पुग्न सक्दैनन् । 

यहाँ गैरकानुनी रूपमा कुवा खन्ने काम बढिरहेको छ, जसको कारण भूमिगत पानीको मात्रा कम भइरहेको छ । 

यहाँका तालहरूमा एसफाल्टको मात्रा धेरै पाइन्छ, यसकारण यी तालमा वर्षाको पानी पूर्ण रूपमा सोस्न पाउँदैनन् । यो समस्याले पनि पानीको सङ्कट बढाइ रहेको छ । 

मस्को 
विश्वमा खानयोग्य पानीको एक चौथाइ स्रोत रुसमा छ तर सोभियत सङ्घको समयमा भएको औद्योगिक विकासको कारण यहाँ पानीको प्रदूषणको समस्या गम्भीर बनेको छ । 

मस्कोमा आजको सबैभन्दा ठूलो चुनौती पनि यही हो, किनभने यो सहरलाई आवश्यक पर्ने पानीको ७० प्रतिशत यिनै स्रोतमा निर्भर रहन्छ । 

सरकारी आँकडाले खानेपानी स्रोतका ३५ देखि ६० प्रतिशत स्वच्छ मापदण्डमा पर्दैनन् भन्ने देखाएको छ । 

इस्तानबुल
टर्कीको सरकारी आधिकारिक आँकडालाई आधार मान्ने हो भने देशले पानीको सङ्कटको सामना गरिरहेको छ । 

यहाँ सन् २०१६ मा पानीको वार्षिक वितरण प्रतिव्यक्ति १७ हजार क्युविक लिटरभन्दा कम छ । 

स्थानीय जानकारहरूको बुझाइ के छ भने २०३० सम्म स्थिति अझ खराब हुन सक्छ । 

हालैका वर्षहरूमा अधिक जनसङ्ख्या भएको इस्तानबुल (१ करोड ४ लाख जनसङ्ख्या) जस्तो सहरमा पानीको समस्या सुरु भएको छ र वर्षको केही महिनामा समस्या बढ्छ । 

सन् २१४ को सुरुमा सहरमा जलसंसाधनको क्षमतामा ३० प्रतिशत कमी भयो । 

मेक्सिको सिटी 
मेक्सिको सिटीको २ करोड १ लाख जनसङ्ख्याका लागि पानीको समस्या कुनै नौलो होइन । 

यहाँ हरके पाँच व्यक्तिमा एकजनालाई केही घण्टाका लागि मात्र पानीको वितरण हुन्छ । सहरका २० प्रतिशत मानिसलाई मात्र दिनमा केही समयको लागि पानी उपलब्ध हुन्छ । 

सहर आफ्नो आवश्यकताको ४० प्रतिशत पानी अन्य स्रोतहरूबाट आयात गर्छ । साथै यहाँ फोहोर पानीलाई दोबारा खानयोग्य बनाउने कुनै व्यवस्था छैन । 

सहरका पाइपबाट चुहिएर ४० प्रतिशत पानी नष्ट हुन्छ । 

लन्डन
पानीको कमीको बारेमा सोच्दा सबैभन्दा पहिला जुन सहर सम्झिनु हुन्छ त्यसमा एक हो बेलायतको राजधानी लन्डन । 

यहाँ वार्षिक ६ सय मिलिलिटरसम्म वर्षा हुन्छ, जुन पेरिस र न्युर्योकको भन्दा कम हो । सहरलाई आवश्यक पर्ने कुल पानीको ८० प्रतिशत पानी नदीहरूबाट ल्याइन्छ । 

ग्रेटर लन्डनका अधिकारीहरूको भनाइ के छ भने सहरको क्षमता लगभग पूरा भइसक्यो र सन् २०२५ सम्म यहाँ पानीको गम्भीर समस्या देखिने छ । 

सन् २०४० सम्म अवस्था धेरै गम्भीर हुन सक्छ । 

टोकियो
जापानको राजधानीमा हरेक वर्ष त्यति नै वर्षा हुन्छ, जति अमेरिकाको सिएटल सहरमा हुन्छ  । सिएटललाई वर्षाको सहर पनि भनिन्छ तर यो केवल चार महिनाको कुरा हो । 

वर्षाको पानीलाई जम्मा नगर्ने हो भने कम वर्षा भएको वर्षमा पानीकोे धेरै समस्या आउन सक्छ । 

समस्याको समाधानका रूपमा अधिकारीहरूले सहरमा ७५० सार्वजनिक र निजी भवनहरूमा वर्षाको पानी जम्मा गर्ने व्यवस्था गराएको छ । 

यहाँ ३ करोडभन्दा बढी मानिस बस्छन् र सहरका ७० प्रतिशत मानिसलाई खानेपानीका लागि ताल अथवा हिउँमा निर्भर रहनुपर्छ । 

यहाँको सरकारले चुहिएर खेर गइरहेको पानी रोक्न सकियोस् भनेर भर्खरै सहरका पाइपहरू मर्मत गर्ने काम सुरु गरेको छ । 

मियामी 
अमेरिकामा सबैभन्दा बढी वर्षा हुने सहर फ्लोरिडा हो तर यस राज्यको प्रख्यात सहर मियामीमा भने पानीको समस्या धेरै छ । 

एटलान्टिक सागरले यहाँको प्रमुख ताल विजकायाको पानीलाई प्रदूषित गरिदियो, जुन सहरका लागि पानीको मुख्य स्रोत थियो । 

१९३० को आसपास नै यो समस्या पत्ता लगाइएको थियो । समुन्द्रबाट नुनिलो पानी मिसिएर खानेपानीको यो स्रोतलाई खराब गरिरहेको थियो । यसको प्रमुख कारण समुन्द्रको स्तर सोचेभन्दा छिटो बढ्नु थियो । 

बीबीसी
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ