बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जुगेडी चितवन च्याम्पियनसिफ फुटबलको फाइनलमा

सोमबार, २९ माघ २०७४, १० : ३०
सोमबार, २९ माघ २०७४

चितवन । जू फुटबल क्लब जुगेडी भरतपुरमा जारी प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा रामपुर फुटबल क्लबविरुद्ध उत्कृष्ट २–० गोलअन्तरको जित निकाल्दै जुगेडीले उपाधि भिडन्त पक्का गरेको हो । जुगेडी दोस्रो चितवन च्याम्पियनसिप कप २०७२ को विजेता हो ।

पहिलो हाफको नवौं मिनेटमा जर्सी नम्बर १० का योगेश गुरुङले गरेको गोलबाट खाता खोलेको जुगेडीले ६३ औं मिनेटमा जर्सी नम्बर २३ का डोना थापाको गोलबाट जित सुनिश्चित ग¥यो ।  

खेलको म्यान अफ दी म्याच बनेका जुगेडीका कप्तान निराजन मल्ललाई चितवनका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद सुवेदी र माओवादी केन्द्रका नेता नारायण दाहालले ट्रफी प्रदान गरे । 

सोमबार हुने भरतपुर फुटबल क्लब (बीएफसी) र गैंडाकोट फुटबल क्लबबीचको खेलबाट फाइनल भिड्ने अर्को टिमको टुंगो लाग्नेछ ।  फाइनल प्रतिस्पर्धा आगामी फागुन २ गते गरिने छ । 

खेलको विजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप