बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अझै सेन्ट जेम्स पार्कमा जीत निकाल्न सकेनन् मोरिन्हो

सोमबार, २९ माघ २०७४, ०९ : ५१
सोमबार, २९ माघ २०७४

लण्डन । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई स्तब्ध बनाउँदै अक्टोबरपछि प्रिमियर लिगमा पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ ।

म्याट रिचीको एक मात्र निर्णायक गोलको मद्दतले युनाइटेडलाई पराजित गर्दै न्युकासल रेलिगेसन जोनबाट बाहिर निस्कन सफल भएको छ । उता, युनाइटेड शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीभन्दा १६ अंकले पछि परेको छ ।

जोसे मोरिन्होले हालसम्म जीत हासिल गर्न नसकेको सेन्ट जेम्स पार्कमा युनाइटेडले थुप्रै अवसरहरु गुमाएको थियो । मोरिन्होले न्युक्यासलको घरेलु मैदानमा खेलिएका ७ खेलमध्ये कुनैमा पनि जीत हासिल गरेका छैनन् । उनले तीनमा बराबरी र चारमा हार बेहोरेका छन् । 

त्यस्तै राफायल बेनिटेजसँग मोरिन्हो आफ्नो करियरमा ६ पटक पराजित भएका छन् । उनीभन्दा अघि पेप ग्वार्डिओलामात्र अघि रहेका छन् । मोरिन्हो ग्वार्डिओलासँग ९ पटक पराजित गरेका छन् ।

यो सिजन म्यान्चेस्टर युनाइटेडले यो सिजन ५ वटा खेलमा पराजय बेहोरिसकेको छ । जुन युनाइटेडले पूरा सिजनमा बेहोरेको थियो ।

उता, रोबर्टो फर्मिन्हो र मोहमद सलाहको गोलको मद्दतले लिभरपुलले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।

ब्राजिलका फरवार्ड फर्मिन्होले सिजनको २० औँ गोल गर्दै लिभरपुललाई अग्रता दिलाए भने सलाहले फर्मिन्होको पासमा अग्रता दोब्बर बनाए ।

इजिप्सियन खेलाडीको यो सिजन क्लबका लागि २९ औँ गोल थियो ।

त्यसअघि साउथह्याम्पटनको दुईवटा सुन्दर प्रहारलाई गोलकिपर लोरिस कारियसले बचाउ गरेका थिए ।

जीतसँगै लिभरपुल टोटनहमलाई उछिन्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडसँग मात्र २ अंकले पछि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप