नागाबाबाको लिङ्ग बिरुद्ध सर्वोच्चमा रिट
सोमबार, २९ माघ २०७४, ०६ : १०
काठमाडौं - शिवरात्रीमा नागाबाबाहरुले पशुपति क्षेत्रमा गर्ने लिङ्ग प्रदर्शन रोक्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट परेको छ ।
कानुन व्यवसायी यज्ञमणि न्यौपानेले रिट दायर गरेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । न्यौपानेले धर्मको नाममा नागाबाबाद्धारा गरिने अश्लील प्रदर्शन र उच्छृङखल व्यवहार नियन्त्रण गर्न आदेश माग गरी सो रिट दायर गरेका हुन् ।
समाचारमा लेखिएको छ, न्यौपानेले धर्मशास्त्रमा उल्लेख नै नभएको व्यवहार देखाएर नागाबाबाले समाजमा भ्रम र अन्धविश्वास फैलाइरहेको बताए ।
उक्त कार्य संविधानविपरीत भएको बताउँदै लिङ्गको प्रयोग गरी विभिन्न अश्लील खेलहरु खेल्ने, हेर्न बाध्य बनाउनेलगायतका कार्यबाट महिला तथा बालबालिकामाथि मनोवैज्ञानिक यौन हिंसा हुने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?