बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पारस र सोमपाल चम्किँदा नेपालद्वारा युएई पराजित

आइतबार, २८ माघ २०७४, २१ : १३
आइतबार, २८ माघ २०७४

काठमाडौँ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तरगतको तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईमाथि ४ विकेटको जीत हासिल गरेको छ ।

जित्ने पर्ने दबाबमा रहेको नेपालले योसँगै युएईसँगको हारको शृंखला पनि अन्तय गरेको हो । 

वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा नेपालले युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य २८.५ ओभरमा ६ विकेट गुमाएर सफलतापूर्वक पछ्याएको हो ।

झिनो लक्ष्य पछ्याउने क्रममा फेरि पनि नेपालको ब्याटिङक्रम धर्मराएको थियो । कप्तान पारस खड्काले अर्धशतक बनाउँदै एकतर्फ टिकिरहँदा अर्को तर्फ लगातार विकेट झरेको थियो । 

प्लेयर अफ द म्याच घोषित कप्तान पारसले ४८ बलमा २ चौका र ५ छक्काको मद्दतले ५१ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकिरहेका थिएनन् ।

आरिफ शेखले १६ रन बनाउँदै पारसलाई साथ दिए भने रोहित कुमार पौडेल र सोमपाल कामीले नटआउट रहँदै क्रमशः १२ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए ।

यसअघि सोमपाल र सन्दीप लामिछानेले क्रमशः चार र तीन विकेट लिए पछि युएईको पारी ३१ ओभरमा मात्र ११४ रनमा समेटिएको थियो ।

सोमपालले ७ ओभरमा ३० रन खर्चर्दै ४ विकेट लिए भने सन्दीपले ७ ओभरमा समान रन खर्चर्दै ३ विकेट लिए ।

कप्तान पारसले पनि २ विकेट लिन सफल भए ।

युएईका लागि साइमान अनवरले सर्वाधिक ३० रन बनाए ।

तीन खेलमा नेपालको यो दोस्रो जीत हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप