शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैसरीमा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

आइतबार, २८ माघ २०७४, १८ : २१
आइतबार, २८ माघ २०७४

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा आज भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  बेनीदेखि शिख जाँदै गरेको ग १ ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो । 

जिप दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।  मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का भूपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी घाइते अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दीपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।  बेनीदेखि शिख जाँदै गरेको सो जिपमा चालकसहित पाँच जना सवार रहेको घाइतेले बताए पनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक मीनबहादुर थापाले जानकारी दिए । दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीद्वारा घाइतेको उद्धार गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप