शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस ई–कलेज देखाए प्रतिभा

आइतबार, २८ माघ २०७४, १३ : ३३
आइतबार, २८ माघ २०७४

काठमाडौं – ‘मिस ईकलेज सिजन’ आठका २९ प्रतियोगीले आफुमा रहेको प्रतिभा देखाएका छन् । कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रम प्रतियोगीले गीत, नृत्य लगायतका प्रतिभा प्रस्तुत गरे । 

सृजना लामाको ‘जुनी वोलको’ गीतसँगै सुरु भएको कार्यक्रममा रोजीना केसीले  गैरी खेतको सिरै हान्यो गीतमा देखाएकी थिइन् । सोफीया श्रेष्ठले नेवारी गीतमा नृत्य प्रस्तुत गर्दा मनिषा वराइली र रोजनी मर्हजनले पनि ‘कति माया लाग्छ’ बोलको गतिमा नृत्य प्रस्तुत गरे । कार्यक्रममा अधिकाम्स सहभागीले नृत्य देखाएका थिए । 

कल्व उड्ल्याण्डमा म्यानेजीङ डाइरेक्टर श्रवण कुमार कुवर, सिम्रिक यएर लाइन्सकी चिफ क्याविन क्रयू अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१५की विजेता नितिका कर्मचार्य, मिस इकलेज २०१७की सेकेन्ड रनरअप युनिता खत्री यो राउण्डको निर्णायकमा रहेका थिए ।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गर्ने उदेश्यले आर्यक्रम आयोजना हुँदै आएको हो । 

५ फागुनमा अन्तिम स्पर्धा हुने प्रतियोगीतामा बिजेताले ताज उपाधि सहित १ लाख ८० हजार बराबरको स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रवृत्ति, नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु २५ हजार वरावरको एयर होस्टेज तालिम लगायत बिभिन्न गिफ्ट उपहारका रुपमा जित्ने छन् । शिर्ष बाहेक प्रतियोगीताको अन्य विभिन्न १८ विधामा पनि बिजेता छानिने छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप