बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकालाई अर्काे ठूलो सफलता

आइतबार, २८ माघ २०७४, १३ : १९
आइतबार, २८ माघ २०७४

मुम्बई  । बलिउडकी देशीगर्ल अर्थात अभिनेत्री प्रियंकालाई अर्काे ठुलो सफलता मिलेको छ । उनी विश्वभरका ५०० प्रतिभाशाली व्यक्तिको सूचिमा अटाउन सफल भएकी छन् । 

यो सुचिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, कार्यक्रम प्रस्तोता ओपरा विनफ्रे, रिचर्ड ब्रान्सन र बिल ग्रेट्स जस्ता नाम पनि अटाएका छन् । प्रियंकाको नाम यो सूचिको १५औ स्थानमा छ । सुचिमा हलिउड स्टार एमा स्टोन, सेलेना गोमेज, लेडी गागा जस्ता केही कलाकार पनि परेका छन् । 

पछिल्लो समय अमेरिकी टिभी सोमा काम गरिरहेकी प्रियंका यही कारणले पनि सोसल मिडियामा हिट भइरहेकी छन् । प्रभावशाली मानिसको सूचिमा आफ्नो नाम परेकोमा उनले खुसी ब्याक्त गरेकी छन् । 

प्रियंका अहिले अमेरिकी टिभी शोको तेस्रो सिक्वेल छायाँकन गरिरहेकी छन् । उनी छिट्टै हलिउड चलचित्रमा पनि देखिँदै छिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप