बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जसले महिना दिनमा १२ भन्दा बढी गीत गाए

आइतबार, २८ माघ २०७४, १० : ३४
आइतबार, २८ माघ २०७४

काठमाडौं । महिना दिनमा एक गायकले कतिवटासम्म गीत गाउन सक्लान् ? धेरैमा पाँच÷सातवटा भन्ने उत्तर दिनुभयो भने तपाईं गलत हुनुहुन्छ । 

गायक सुरेन ताम्लिङले एक महिनामा १२ भन्दा बढी गीत गाउन सफल भएका छन् । निकट भविष्यमै सार्वजनिक गर्न लागेको गीतिएल्बमका केही गीतको म्युजिक भिडियो निर्माणमा गायक ताम्लिङ व्यस्त छन् ।

सार्वजनिक गर्न लागिएको गीतिएल्बममा पूर्वेली भाका, आधुनिक, पप र ‘डान्सिङ बिट’ का गीत रहेको गायक ताम्लिङले जानकारी गराए । सार्वजनिक गर्न लागेको गीतिएल्बममा समेटिएका गीतले श्रोता तथा दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको उनले बताए । 

वर्ष दिनअघि ‘आफ्नो’ नामक उनको गीतिएल्बम सार्वजनिक भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप