मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरको आगलागीबाट दुई घर जलेर नष्ट

शनिबार, २७ माघ २०७४, २१ : १४
शनिबार, २७ माघ २०७४

भोजपुर । भोजपुरको उत्तरी साल्पासिलिछो–२ कुलुङको दागवेलामा आगलागी भएको छ । 

शनिबार अपराह्न स्थानीय सदरसिंह राईको घरमा आगलागी भएको हो । आगलागीबाट राईको घरमा रहेको आधा तोला सुन, रु ४५ हजार नगद र घर पूर्णरुपमा जलेर नष्ट हुँदा रु चार लाख २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो । आगो स्थानीयबासी र प्रहरीले नियन्त्रणमा लिएका थिए । 

यस्तै, रामप्रसाद राई गाउँपालिकाको मानेभञ्ज्याङमा गएराति मंगलसिंह कार्कीको घरमा आगलागी हुँदा रु ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप