बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ नयाँ वर्षको उत्सव : रेशम फिरीरीदेखि झ्याउरे भाकासम्म

शनिबार, २७ माघ २०७४, २० : ४१
शनिबार, २७ माघ २०७४

काठमाडौँ । आगामी फेब्रुुअरी १६ मा छिमेकी राष्ट्र चीनले आफ्नो नयाँ वर्ष मनाउँदै छ । यसलाई स्प्रीङ फेस्टिबल तथा छुन जे पनि भनिन्छ ।

नेपालस्थित चिनियाँ दूतावासले नयाँ वर्षको अवसरमा शुक्रबार राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल र चीनबीचको मित्रता झल्काउने गरी याक एण्ड यति होटलमा आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, नेपालका लागि चिनियाँ राजदूत यु होङ, विभिन्न राजनीतिक देलका नेता तथा उच्च पदस्त अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा चिनियाँ तथा नेपाली कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । तर, सबैको आकर्षणको केन्द्र बनेको थियो छाँयामा नेपालको पर्यटनमा चीनको योगदान देर्साउने प्रदर्शन र चिनियाँ कलाकारद्वारा रेशम फिरिरी गीतको प्रस्तुति ।

हेरौँ केही तस्विरहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप