केन्द्रीय संस्करण

३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण सकियो, प्रधानमन्त्रीले गरे उद्घाटन

person access_timeमाघ २७, २०७४ chat_bubble_outline0

दार्चुला–सरकारी लगानीबाट निर्माण भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार आयोजनास्थल पुगेर चमेलिया जलविद्युत् आयोजनाको औपचारिक उद्घाटनका गरे । 

प्रधानमन्त्री देउवाले उद्घाटन गरेसँगै आयोजनाले व्यावसायिक रूपमा विद्युत् उत्पादन थालेको छ । 

आयोजनाले एक महिना बढी समय लगाएर दुई युनिटको परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेपछि शनिबारदेखि नियमित व्यावसायिक उत्पादन शुरु गर्नेछ । 

शैल्यशिखर नगरपालिका– १ बलाचमा निर्माण भएको उक्त आयोजनाले गत पुस २८ गतेदेखि १५ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छभने दोस्रो युनिटको १५ मेगावाट विद्युत् समेत करिब एक साता अगाडि उत्पादन शुरु गरेको थियो ।

सन् २००७ देखि निर्माण थालेको उक्त आयोजनाले सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौताभन्दा झण्डै ६ वर्षपछि विद्युत् उत्पादन गर्न थालेको हो । 

ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत शुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ । निर्माण शुरु भएको झण्डै ११ वर्षपछि चमेलियाले विद्युत् उत्पादन शुरु गरेको छ । 
आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । 


जलविद्युत आयोजनाको समुद्घाटन समारोहमा विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले भने 
–    सुदुर पश्चिमाञ्चल क्षेत्रको विकट पहाडी जिल्ला दार्चुलामा निर्माण सम्पन्न ३० मे.वा. क्षमताको यस चमेलिया जल विद्युत आयोजनाको समुद्घाटन समारोहमा उपस्थित हुनुभएका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू लगायत सबै अतिथि गणहरु, महामहिम राजदुतहरु, राजनैतिक दलका सदस्यहरु, उच्चपदस्थ कर्मचारीहरु, पत्रकार मित्रहरु एवं उपस्थित सवैमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

–नेपालको सुदुर पश्चिमी क्षेत्रमा अवस्थित यस आयोजना राज्यको सन्तुलित विकासको अवधारणा अनुरुप ल्याइएको हो । यस क्षेत्रको विद्युतको गुणस्तरियता र प्रणाली संचालनका लागी यसको महत्वपूर्ण भुमिका रहने छ । साथै यस आयोजनाको निर्माणले यस क्षेत्रमा भौतिक पूर्वाधारको पहुँचमा विस्तारका साथै हाल निर्माणाधिन र भविष्यमा निर्माण हुने अन्य धेरै आयोजनाहरुको निर्माणको ढोका खोलेको छ ।

–सन् २००८ मा ठेक्का सम्झौता भै निर्माण शुरु भएको यस आयोजना वढि लागत र कार्यान्वयनमा ढिलाई भएका कारण आलोचित समेत बन्न पुगेको छ । यसमा आंशिक सत्यता भए पनि कठिन भौगोलिक अवस्थिति र सम्बद्ध भौर्गभिक संरचनालाई वेवास्ता गरी आयोजनालाई हेर्ने हाम्रा एकाँकि दृष्टिकोण पनि वढि जिम्मेवार छन् जस्तो लाग्दछ । निर्माणको क्रममा देखिएका कठिन भौगर्भिक समस्याहरुलाई प्राविधिक जटिलताको रुपमा लिई तत्काल समाधान गरिनुको सट्टा शंकाको दृष्टिकोणले मात्र हेर्दा सिर्जित समस्याले करिव १८ महिना निर्माणाधिन आयोजना पूर्णरुपले बन्द हुन पुग्यो । जसले गर्दा आयोजनाको लागत र समयमा केहि वृद्धि हुन गएको हो । ऊर्जा मन्त्रालयमा नयाँ नेतृत्व एवं ने.वि.प्रा.मा नयाँ व्यवस्थापन आइसकेपछि २२ डिसेम्बर २०१६ मा आयोजना सम्बद्व सवै पक्षहरुको समन्वय गरी नयाँ समझदारी गरे पश्चात आयोजनाको काम सुचारु हुन सकेको हो । यस वाहेक समय समयमा प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यतिmत्वहरुको भ्रमणले पनि आयोजना सम्पन्न गर्न थप हौसला प्रदान गरेको हो ।

–आयोजनाको हालसम्मको यथार्थ खर्च एवं निर्णय प्रकृयामा रहेका विभिन्न ठेक्का संग सम्बन्धित Variation Claims समेत गरी आयोजनाको कूल लागत करिव १५ अर्व अनुमान गरिएको छ । यस मध्ये विद्युत गृह तर्फको जग्गा खरिद, सिभिल निर्माण र Electro Mechanical तथा हाइड्रोमेकानिकल कार्यका लागि करिव रु. ७ अर्ब ८४ करोड एवं परामर्श सेवा तर्फ करिव रु. ६० करोड गरि जम्मा रु. ८ अर्ब ४४ करोड खर्च भएको छ ।

–यस्तै आयोजनाका अन्य खर्चहरुमा :
(क)     १३१ कि.मि. लम्बाईको बलाँच–अत्तरिया प्रशारण लाइन निर्माणमा रु. २ अर्ब ५४ करोड
(ख)     १३२र३३ के.भी तथा ३३र११ के.भी. सवस्टेशन निर्माण र ३३र११ के.भी. प्रशारण लाईन निर्माणमा रु. १९ करोड ४८ लाख
(ग)     सामाजिक विकास एवं वातावरण संरक्षण कार्यमा रु. ५ करोड
(घ)     मूल्य समायोजना, विदेशी मुद्रा सटहीमा भएको नोक्सानी र प्रशासनिक खर्चमा रु. ३ अर्ब गरी करिव रु. ६ अर्ब १८ करोड ४८ लाख खर्च भएको छ ।

–नेपालको समग्र विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण छ । नेपालमा जलविद्युतको विकास गरी आयातीत इन्धनको परनिर्भरता घटाई स्वाधिन अर्थतन्त्रको निर्माण गर्न ऊर्जा मन्त्रालयको नेतृत्वमा कटिवद्ध भई लाग्न नेपाल विद्युत प्राधिकरण व्यवस्थापन प्रतिवद्ध छ । गत वर्ष देखि प्रभावकारी विद्युत व्यवस्थापन गरी लोड सेडिङ्ग अन्त्य गरिदा आम जनतामा अपूर्व आशाको संचार गराएको छ । हाम्रा समस्त ग्राहक महानुभावहरुबाट विद्युत व्यवस्थापनमा प्राप्त सदभाव र सहयोग हाम्रा लागि अमूल्य पुँजीको रुपमा रहेको छ । यसले गर्दा हामिलाई आफ्नो क्षेत्रमा अझ कटिवद्ध भै लाग्न हौसला समेत प्रदान गरेको छ ।

–नेपालको जलविद्युत क्षेत्रको विकासमा सरकारी क्षेत्रका साथै निजि क्षेत्रलाई समेत सहभागी गराउने नेपाल सरकारको निति अनुरुप हालसम्म करिव ४८० मे.वा. क्षमताका ६८ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भै ने.वि.प्रा. को प्रणालीमा करिव २० प्रतिशत योगदान गरिरहेका छन् भने थप करिव ४००० मे.वा. क्षमताका आयोजना निजि क्षेत्रबाट निर्माण एवं अध्ययनको विभिन्न चरणमा रहेका छन् । यस चमेलिया जलविद्युत आयोजनाले तयार पारेका प्रशारण लाईन लगायत भौतिक संरचनाको उपयोग गरी अपि हाइड्रो पावर कम्पनी (८.५ मे.वा) संचालनमा आइसकेको छ भने माथिल्लो चमेलिया (८५ मे.वा), मध्य चमेलिया (१६ मे.वा.) र कलिंगा गाड (६५ मे.वा.), छत्तिगाड (२५ मे.वा.) जस्ता अन्य कतिपय आयोजनाको निर्माण शुरु हुने क्रममा छन् । यसले यस क्षेत्रको समग्र विकासमा प्रत्यक्ष योगदान पु¥याउने विश्वास लिन सकिन्छ ।

–अन्त्यमा, यस चमेलिाय जलविद्युत आयोजनाको समुद्घाटन समारोहमा सरिक भै हाम्रो हौसला वढाउनुहुने सवैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ