शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

थाहा पाउँदा राम्रो : यी हुन् पखाला लाग्ने कारण

शनिबार, २७ माघ २०७४, १० : ५९
शनिबार, २७ माघ २०७४

पखालाले दैनिक गतिविधिमा त असर गर्छ नै, शरीर निकै कमजोर पनि बनाइदिन्छ । आखिर किन लाग्छ पखाला ?

शेरबहादुर पुन
सरुवा रोग विशेषज्ञ

-राम्रोसँग नपाकेका खानेकुरा खानु, पानी नउमाली पिउनु, बासी खानेकुरा खानु पखाला लाग्ने कारण हुन् । यस्ता खानेकुराबाट प्रवेश गर्ने कीटाणुले संक्रमण गराउँदा पखाला लाग्छ ।

– आजकाल काठमाडौंलगायत प्रमुख सहरमा अधिकांशले जारको पानी पिउनुपर्ने बाध्यता छ । तर, जारको पानी बाहिर भनिएजस्तो स्वस्थकर नहुन सक्छ । उमालेर मात्रै पिउनु राम्रो हुन्छ ।

– बाहिर खानेकुरा खाँदा विशेष ध्यान दिनुपर्छ । सकेसम्म आफ्नै घरमा सफा र राम्रोसँग पकाइएको

-काठमाडौंमा वायु प्रदूषण अत्यधिक छ । साबुनपानीले राम्रोसँग हात धोएर खाने, बाहिर गएर आएपछि साबुनपानीले हातगोडा धुने गर्‍यो भने पखालाबाट बच्न सकिन्छ ।

– हामीले खाने गरेका जंकफुड (पानीपुरी, चटपटेजस्ता खानेकुरा)ले स्वास्थ्यलाई राम्रो गर्दैन । सकेसम्म यस्ता खानेकुरामा मन नलगाउनु नै उत्तम हुन्छ ।

– हाम्रै लापरबाहीका कारण पखाला लाग्छ । त्यसैले जीवनशैलीमा ध्यान दिनुपर्छ । पार्टी तथा भोजमा माछामासु धेरै खानु हुँदैन । जाडो मौसममा पानी धेरै आवश्यक पर्ने भएकाले पर्याप्त पानी पिउनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप