शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २७ माघ २०७४, ०६ : ०३
शनिबार, २७ माघ २०७४

आजको राशिफल

बि.स.२०७४ माघ २७ गते । शनिबार । ईश्वी सन् २०१८ फेब्रवरी १० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि दशमी २४ घडी २१ पला,बेलुका ४ बजेर ३२ मिनेट उप्रान्त एकादशी । नक्षत्र ज्येष्ठा ३७ घडी १५ पला,बेलुका ९  बजेर ४२ मिनेट उप्रान्त मूल । योग व्याघात १७ घडि ४४ पला,दिउसो १ बजेर ५३ मिनेट उप्रान्त हर्षण । 

करण भद्रा,बेलुका १६ बजेर ३२ मिनेट उप्रान्त वव । आनन्दादिमा मुसल योग । चन्द्रराशि बृश्चिक,बेलुकी ९ बजेर ४२ मिनेट उप्रान्त धनु । 

काठमाडौंमा सूर्योदय ६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आउँने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु भताभुङग हुँनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुँनेछन् भने आम्दानि नहुँनाले दैनिकी प्रभावित हुँनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुँनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानि भने फस्टाएर जानेछ ।

शुभ अंक — १ 

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पारिवारिक सम्बन्ध,दाम्पत्य जिवन तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । लामो तथा रमाईलो यात्रा हुँनेहुँदा मन प्रशन्न हुँनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तपाईले सोचेजस्ते राम्रो हुँनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्राप्तिको गतिलो योग रहेको छ ।

शुभ अंक — २  

शुभ रंग —   सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।  

शुभ अंक — ४

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुँन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुँनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

शुभ अंक —५

शुभ रंग —  कफि

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 

शुभ अंक — ६

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुनै राम्रो रहनेछ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकि प्रभावित हुँनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

शुभ अंक — ३

शुभ रंग — सेतो

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे धन सम्पति जोड्न सकिनेछ । बिलाशि तथा भौतिक सम्पतिको प्रयोग गर्न पाईने हुँनाले अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण मजबुत हुँनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

शुभ अंक — ५

शुभ रंग  — कफि

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला ।  

शुभ  अंक — ६

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ ।  भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — निलो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुँनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुँनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुँनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।  

शुभ अंक —३

शुभ रंग — खरानि

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुँने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुँनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुँनेछ ।

शुभ अंक — ६

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप