शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

के विवाहले मान्छेको व्यक्तित्वमा बदलाब ल्याउँछ ?

शुक्रबार, २६ माघ २०७४, १५ : ०८
शुक्रबार, २६ माघ २०७४

– बी.बी.सी.का लागि मनोविज्ञ डा. क्रिश्चियन जरेटले तयार पारेका रिपोर्ट

मनोविज्ञहरुले विवाहले मानिसलाई सन्तुष्ट वा असन्तुष्ट बनाउने भनेर पूर्ण निष्कर्ष निकालिसकेका छैनन् । तर विभिन्न अध्ययनहरुले भने विवाहपछि व्यक्तिको व्यक्तित्वमा भने सधैका लागि परिवर्तन आएको देखाएको छ । 

एक अलग व्यक्तिसँग सार्वजनिक रुपमा सगँसगै जीवन बिताउनलाई प्रतिबद्धता र भविष्यबारे केही योजना आवश्यक पर्छ भनेर सहजै अनुमान गरिन्छ । र, निश्चयनै एकै व्यक्तिसँग दिन र रात सम्पूर्ण समयसँगै बिताउन धैर्यता र कुटनीति पनि आवश्यक पर्छ ।

लाखौँ व्यक्ति प्रत्यक वर्ष विवाह बन्धनमा बाँधिरहेका हुन्छन् तर यस्तो बृहद स्तरमा हुने सामाजिक कार्यबारे अध्ययन भने उति भएको पाइँदैन । यसबारे सबैभन्दा राम्रो निष्कर्ष भर्खरै गरिएको एक जर्मनले अध्ययनबाट आएको छ । सो अध्ययनमा अनुसन्धानकारहरुले ४ वर्षसम्म १५,००० मान्छेको जीवन निगरानी गरेका थिए ।

६६४ सहभागीले सो अध्ययन अवधिमा विवाह गरे । यसले तिनको व्यक्तित्वमा विवाहले पार्ने असरबारे अध्ययन गर्ने अवसर प्रदान ग¥यो । 

अध्ययनकर्ताले विवाह गरेकाहरुमा बाँकीे सहभागीहरुको तुलनामा बहिरमुखीपन र नयाँपन अनुभव गर्ने व्यक्तित्वमा ¥हास आएको पाइयो ।

फरक त्यति धेरै थिएन तर विवाहपछि व्यतिm बोरिङ्ग हुन थाल्छ भन्ने आम मान्यतालाई यसले थप बल प्रदान गर्छ ।

यो निष्कर्ष सन् २००० मा अमेरिकामा भएको अलि सानो स्तरको अर्को अध्ययनको निष्कर्षसँग समान रहेको छ, विशेष महिलाहरुमा । लगभग २००० अधबैशे सहभागीलाई छ देखि नौ वर्ष पछ्याइएर गरिएको अध्ययनका क्रममा २० महिलाले विवाह गरे भने २९ ले डिभोर्स गरे । विवाह गरेका भन्दा विवाह टुटाएकाहरुमा बहिरमुखी र नयाँपन अनुभव गर्ने व्यत्तित्वमा बृद्धी आएको थियो ।

सोही अध्ययनमा भर्खर विवाह गरेका पुरुषहरुलाई भने डिभोर्स भएका पुरुषको तुलनामा फाइदा भएको देखिएको थियो । तिनको एकाग्रमा वृद्धी र चिडचिडपनमा ह्रास भएको देखिएको थियो । 

विवाहित पुरुषहरुमा एकाग्रतामा बृद्धी भएको तथ्य चाँही स्वभाविक लाग्छ । विवाह गरेको वा लामो प्रेम सम्बन्धमै रहेकाहरुले थाहा पाउने कुरा भनेको सम्बन्ध टिकाउन पहिले कम होस् जाने कयैन कुराहरु एक्कासी महत्वपूर्ण विषय भइदिन्छ । त्यही बढेको महत्वका कारण जीवनका कयैन चीजमा बढी ध्यान दिन थालिन्छ । 

टिलवर्ग विश्वविद्यालयकी टिला प्रोन्कले नेतृत्व गरेकी डच मनोविज्ञहरुको टिमले यसको व्याख्या गरेको छ । विवाह टिकाउन आवश्यक दुई सबैभन्दा महत्वपूर्ण गुण भनेको आत्मनियन्त्रण(विवाहको निरन्तरताको लागि आफूलाई लागेको तत्काल भन्नबाट रोक्ने) र क्षमावान (जस्तो आफ्नो जोडीले गरेका स–साना गल्तीजस्तै कपडा यत्रतत्र फाल्ने वा विपरित लिङ्गी साथीसँग सामान्य जिस्कनेलाई बेवास्ता गर्ने) रहेछन् ।

यसका लागि अनुसन्धानकर्ताहरुले १९९ जना नवविवाहित जोडीहरु माथि अध्ययन गरेका थिए । विवाहको तीन महिना पछि तिनीहरु कति धेरै क्षमावान (यसका लागि सहभागीलाई आफ्ना जोडिले आफूलाई गलत देखाउँदा त्यो शैलीलाई माफी दिने गरेको अवस्थालाई रेट गर्न लगाइएको थियो ।) रहेको मापन गरियो । यसका साथै तिनको आत्मनियन्त्रण (जुन सहभागीलाई ‘म आवेग नियन्त्रण गर्न निपूर्ण छु’ मा रेट गर्न लगाएर मापन गरिएको थियो) पनि जाँचिएको थियो । सहभागीहरुलाई चार वर्षसम्म वर्षमा एक पटक यो प्रकृयामा सहभागी गराइयो ।

परिणामले सहभागीहरुमा अध्ययनको अवधिमा क्षमादिने गुण र आत्म–संयममा वृद्धी भएको देखाएको थियो । तथ्याङ्कका आधारमा भन्दा क्षमा दिनेमा वृद्धी मध्यम थियो भने आत्म–संयममा बृद्धी न्यून देखिएको थियो । तर प्रोन्क र उनको टिमले औल्याए अनुसार आत्म–संयममा देखिएको उक्त बृद्धी मनोपरार्महरुले दिने आत्मसंयममा बृद्धी गर्ने कार्यक्रममा सहभागी हुँदाको बृद्धी बराबर थियो ।
अर्को प्रश्न छ विवाहित पछि साँच्चै आत्मसन्तुष्टी बढ्छ त ? 

यससम्बन्धमा भएको अध्ययनहरुको निष्कर्ष एकल रहेकालाई खुसी तुल्याउने खालको छ । आत्मसन्तुष्टी विवाहको केही समय बढेपनि यो एक वर्ष वा त्यसको वरिपरिको समय पुन शुरुकै अवस्थामा जति हुनेगर्छ ।

हुन त यो ठूलो संङ्ख्यामा गरिएको अध्ययनको सालोडोलो परिणाम हो तर कुनै एक व्यक्तिमा यी लागु नहुन पनि सक्छ । हामी अक्सर सुन्छौ फलानोमां असल लोग्ने वा स्वास्नी बन्ने गुण छ भनेर र यही धारणासँग मेल खाने हिसाबको निष्कर्ष केही अध्ययनले देखाएको छ । विवाह भएपछि व्यक्तिको खुसी उसको विवाह अघिको व्यक्तित्वमा भर पर्ने प्रमाणहरु भेटिएका छन् ।

एकाग्र र अन्तरमुखी महिला र बहिरमुखी पुरुषहरुलाई विवाहले दीर्घकालिन सन्तुष्टी दिने गरेको देखिन्छ । सायद विवाहपछिको जीवनशैली यी व्यक्तित्व भएको व्यक्तित्वलाई उपयुक्त हुने भएर होला । तर यस सम्बन्धमा उलेख्य अध्ययन भने हुन बाँकीनै छ ।

र, अन्त्यमा विवाहित जोडिहरुले लामो समयमा एक अर्काको गुण ग्रहण गर्छन् भन्ने आम मान्यताको सत्यता के हो? 

कत्तिले लामो समय विवाह सम्बन्धमा रहेका जोडीहरुको बोलीचालीमा समानता देखेर त्यस्तो धारणा बनाएका होलान् । यो मान्यता यथार्थमा भने मिथक मात्र हो । मिचिगन स्टेट विश्वविद्यालयले १२०० विवाहित जोडीमा गरेको अध्ययनले यो मान्यतालाई पुष्टि गर्ने नगन्य प्रमाण भेट्यो । खासमा पहिलो त समान व्यक्तित्व भएकाहरु नै विवाह वन्धनमा बाधिने सम्भावना हुन्छ । र, धेरै नै फरक व्यक्तित्व भएकाहरु बिच विवाह भइहालेमा तीनको विवाह सम्बन्ध लामो समय नटिकेको देखियो । 

समग्रमा अध्ययनहरुले विवाहले व्यक्तित्वमा केही बदलाब ल्याउने देखाउँछ । त

र यसमा विवाहपछि आउने अर्को चरण अर्थात् वच्चाको जन्मले व्यक्तित्वमा ल्याउने उथलपुथललाई भने समावेश गरिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप