शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फ्राइडे रिलिज : एक्लै आयो अनमोलको ‘कृ’

शुक्रबार, २६ माघ २०७४, १३ : ४४
शुक्रबार, २६ माघ २०७४

काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर चलचित्र ‘कृ’ प्रर्दशनमा आएको छ । युवास्टार अनमोल केसी अभिनित चलचित्रसँग अन्य भिड्न डराएका कारण ‘कृ’ एकल प्रदर्शन पाएको हो । यद्यपी ‘कृ’ले देशभरका चलचित्र भवन ओगटेको भने छैन । ‘कृ’ सँगै बलिउडस्टार अक्षय कुमार अभिनित चलचित्र ‘प्याडम्यान’ पनि रिलिजमा आएको छ ।

अनमोल केसी, अदीति बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकार अभिनित चलचित्र हो । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् रहेको छ । कमल गिरी कार्यकारी निर्माता र श्री पराजुली सह–निर्मातारहेको चलचित्रले शुक्रबार देशभर ओपनिङ राम्रो गर्ने अनुमान गरिएको छ । चलचित्रको केही पहिले सार्वजनिक ‘यति यति पानी’ बोलको गीतले राम्रो चर्चा पाएको छ ।

केही चलचित्रमा रोमान्टिक अभिनयमा देखिएका अनमोलको यसपटक एक्सन र रोमान्टिक दुई अवतार रहेको निर्माण युनिटले दाबी गरेको छ । चलचित्रको टिकट मंगलबार साँझबाटै बिक्री खोलिएको थियो । अनमोलको क्रेज र चलचित्रको चर्चाका कारण ‘कृ’ले इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रमा सुवास गिरी र भूवन केसीको लगानी छ । चलचित्रको बिहानी शो उपत्यकाको सबै चलचित्र भवनमा हाउसफुल रहेको निर्माता सुवास गिरीले जानकारी दिए ।

‘प्याडम्यान’


अक्षय कुमार अभिनित सन्देशमूलक विषयमा निर्माण भएको चलचित्र ‘प्याडम्यान’मा राधिका आप्टे र सोनम कपुरको पनि मुख्य अभिनय रहेको छ । यो चलचित्र    ‘कृ’को उपत्यका बाहिरका बितरक मनोज राठीले नेपाल भित्र्याएका हुन् । ‘प्याडम्यान’ भारतको तमिलनाडुको पद्म अवार्ड प्राप्त अरुणाचलम मुरुगनाथमको बायोपिकमा आधारित रहेको छ । यसमा अक्षय कुमार सामाजिक कार्यकर्ताको भुमिकामा देखिएका छन् । आर बाल्कीको निर्देशन रहेको यो चलचित्रले उपत्यकाको मल्टिप्लेक्समा ‘कृ’को सो घटाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप