बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण कोरियाली पुरुषहरू माझ बढ्दो मेक–अप क्रेज

शुक्रबार, २६ माघ २०७४, १३ : ३०
शुक्रबार, २६ माघ २०७४

दक्षिण कोरियाली पुरुषहरू संसारको अरू कुनै ठाउँका पुरुषभन्दा बढी समय छालाको सौन्दर्यमा बिताउँछन् ।

पछिल्लो समय युवाहरू तिनको ‘के–पप’ आइडलहरूको अनुसरण गर्दै छालाको सौन्दर्य सामग्रीमा खर्च गर्न थालेका छन् ।

एउटा ब्लग (भिडियो केन्द्रित ब्लगर) सौन्दर्य सामग्री प्रयोग गर्ने पुरुषहरूबारे रहेको धारणा बदल्ने प्रयासमा छ ।

किम सेउङ–ह्वान सोह्र वर्षीया ब्लगर हुन् । उनी पुरुषहरूले अनुहारमा गर्ने सौन्दर्यमा केन्द्रित भिडियो यु–ट्युवमा नियमित पोस्ट गर्छन् । ‘म नौ कक्षामा पढ्दा मेरो अनुहारमा डन्डिफोर देखिन थाल्यो । तिनलाई छोप्ने मैले अनेक प्रयास गरेँ । मजस्तो विद्यार्थीका लागि छालारोग विशेषज्ञबाट उपचार गराउनु खर्चले भ्याउने कुरा थिएन । त्यही समय मैले केही सौन्दर्य उत्पादनको बारेमा सुने र मैले ‘कन्सिलर’ र ‘फाउन्डेसन’ ल्याएँ । तिनको प्रयोगले मेरो छालामा व्यापक परिवर्तन आयो । म यिनको प्रयोग गर्दा बढी आत्मविश्वास महसुस गर्छु ।‘

संसारका सबै ठाउँमा पुरुषको मेक–अपलाई नराम्रो नजरले हेरिन्छ । मेक–अप नारित्वसँग जोडिने भएकाले मेक–अप प्रयोग गर्ने पुरुषलाई कमजोर र समलैङ्गिक मानिन्छ । कोरियामा पछिल्लो केही समय यसमा परिवर्तन आइरहेको छ । पुरुषहरूको मेक–अपको बारेमा यु–ट्युबदेखि सडकमा सहज तरिकाले गफ हुने गर्छ । बाटोमा भेटिएका एक युवकले भने ‘क्रिम लगाउनु पहिले मेरो मुहारमा मोस्चराइजर लगाउनुपर्छ । मोस्चराइजर अनिवार्य हो । म यसको प्रयोगलाई गम्भीर रूपमा लिने गर्छु ।’

तर पनि समाजको सबै तप्काले यो कुरालाई स्वीकारेको देखिँदैन ।

ह्वान आफैले पनि यो अनुभव गरेका छन् । ‘केही पुरुषहरू मलाई समलिङ्गी भनेर गाली गर्छन् । म आफ्नो भिडियोमार्फत तिनीहरूको धारणा बदल्न चाहन्छु ।’

यो परिवर्तनमा केले भूमिका खेलेको छ त ? मेकअप आर्टिस्ट हान ह्वेन–जाई भन्छन् ‘के–पप (कोरियन पप सङ्गीत) ले पछिल्लो पाँच वर्षमा निक्कै प्रसिद्धि हासिल गरेको छ । गितको भिडियोहरूमा के–पपका स्टारहरू गाजल र क्रिमसहित देखिन्छन् । पहिले यी महिलाले मात्र लागाउने सामग्री मानिन्थ्यो । धेरै पुरुषहरू के–पप स्टारलाई आदर्श बनाउछन् र ती जस्तै देखिन चाहन्छन् । यसले सौन्दर्य उद्योगलाई प्रभावित बनाएको छ ।’

‘म पुरुषहरूलाई आत्मविश्वास दिन यु–ट्युव भिडियो बनाउँछु । पुरानो पुस्ताको धारणालाई चुनौती दिन पनि मैले च्यानल सुरु गरेको हो । तिनीहरू अझै सौन्दर्यको सामग्री प्रयोग गर्ने पुरुषप्रति नकारात्मक धारणा राख्ने गर्छन् ।’  ह्वानले आफ्नो कामको उत्प्रेरणा खुलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप