बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबमा नेपालीको स्वास्थ्य जाँच

बिहीबार, २५ माघ २०७४, १९ : ०१
बिहीबार, २५ माघ २०७४

काठमाडौँ– नेपाली कन्सुलेट जनरल जेद्दाको आयोजना र जेद्दा तथा जजान शहरमा क्रियाशील नेपाली समुदायको सहभागितामा साउदी अरबमा स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  जजान तथा जेद्दा क्षेत्रमा कार्यरत नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपालीको स्वास्थ्य अवस्था र नेपाली श्रमिकको मृत्युको कारण र बच्ने उपायबारे पनि चर्चा गरिएको थियो । 

सो अवसरमा साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजदूत साउदी अरबमा अवस्थित दुवै नेपाली नियोगको उपस्थितिमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको बताउँदै सबै सरोकार भएका निकाय मिलेर काम गरेमा त्यहाँ कार्यरत नेपालीको हित प्रवद्र्धन गर्न सकिने बताउनुभएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कार्यक्रममा ११५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जजान शहरको अलअदनानमा भएको उक्त कार्यक्रममा रियादका लागि नेपाली उपनियोग प्रमुख आनन्द शर्मा, नेपाली महावाणिज्यदूतावास जेद्दाका कावा महावाणिज्यदूत रेवतीरमण पौडेललगायतको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप