शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुलप्याडको नयाँ गेमिङ फोन बजारमा

बिहीबार, २५ माघ २०७४, १६ : ४२
बिहीबार, २५ माघ २०७४

काठमाडौं– नेपाली बजारमा भित्रिएको एक वर्ष भएको खुसीयालीमा कुलप्याडले कुलप्ले ६ भन्ने नयाँ गेमिङ्ग फोन बजारमा ल्याएको छ । कुलप्ले ६ को ६ जी.बी.र्यामले गेमिङ्ग एक्सपिरियन्सलाई अझै रोमान्चक बनाने कम्पनीको दाबी रहेको छ । 

यो फोनमा १.४ जीई एचजीओक्टाकोर कवलकोम स्नैपड्रगन ६ सय ५३ प्रोसेसर वीथ ऐनिड्रनो ५ सय १० जीपी यु रहनुका साथै ४ हजार एमएएच व्याट्री व्याकप रहेको समेत जनाइएको छ । कुलप्ले ६, ५.५’’ आई पी यस फुलएच.डि डिसप्ले भएको फोन हो । यसको १३+१३ यम पीक्यामराले उत्कृष्ट फोटो लिन मद्धत गर्छ । 


कुलप्याड फोन प्रयोगकर्ताहरुको निरन्तर प्रतिक्रियापछि कुलप्ले ६ ऐन्ड्रोयिड नौगाट ७.१.१ अपरेटिङ्ग सिस्टम लिएर बजारमा आएको छ । कुलप्याडले ऐन्ड्रोयिड ओरियो ८.० को अपडेट पनि चाँडै आउने बताएको छ । कुलप्याड कुलप्ले ६ अब नेपाली बजारमा ब्ल्याक र गोल्ड कलरमा उपलब्ध छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप