बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार खोज्दै ‘सलहेस : द पिपुल्स हिरो’

बिहीबार, २५ माघ २०७४, १३ : ४१
बिहीबार, २५ माघ २०७४

काठमाडौं – १५ सय वर्षअघिको ऐतिहासिक कथा माथि बन्न लागेको फिल्म ‘सलहेस ः द पिपुल्स हिरो’ले पनि क्यारेक्टर अनुसार कलाकार खोज्ने भएको छ ।
 
मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका अहिले कलाकारको आवहन गरिएको छ । फिल्ममा रहने सलहेस ः राजा जयवर्दन शैलेस, मन्दोदरी, भैरव भुपाल, मोतिराम, बृधेश्वर, करिकन्हा, राजा सैनी, रेश्मा, हिनपत लगायत ३० ऐतिहासिक मुख्य पात्रहरु सहित दर्जनौँ सपोर्टिङ रोलका लागि अडिसन मार्फत कलाकार खोजिन लागिएको निर्देशक अमितेश शाहले जानकारी दिए । 
‘यो फिल्म ऐतिहासिक कथामाथि बन्ने भएकाले हामीले क्यारेक्टर सुहाउँदा कलाकार छनौट गर्छौ, चलेकै कलाकार राख्दा पनि क्यारेक्टर अनुसार अडिसन गराएरै राख्छौँ,’ निर्देशक शाहले भने । 

कलाकारिता रुची भएका जो कोहीले एक महिना भित्र फिल्मका लागि आवेदन गर्न सक्ने निर्माता राजकुमार महतोले बताए । महताको अनुसार आवेदनका आधारमा कलाकार खोज्दै फिल्म युनिट अडिसनका लागि देशको विराटनगर, जनकपुरधाम, नेपालगञ्ज, काठमाडौंसहित भारतको दरभंगा, पटना, मुम्बई, दिल्ली, कलकत्ता, बंगलादेशको ढाका र चीनको बेजिगंसम्म पुग्ने लक्ष्य छ ।


भोर कम्पनी प्रालिको प्रस्तुतिमा बन्ने यो फिल्मका प्रमुख पात्र सलहेस मिथिलामा राजा जनकपछिको प्रादुर भाव भएको व्यक्तित्व मानिन्छन ्् । उनलाई तराईंको दुसाध समुदायले अहिले पनि भगवानका रुपमा पूजा गर्छन् । ‘लामो समयको रिसर्च पछि हामी फिल्म बनाउने निष्कर्षमा पुगेका हौं,’ फिल्मका निर्माता समेत रहेका रिसर्चर राजकुमार महतोले बताए।

फिल्मलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो–भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’ बनाएका छन ्। यो फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा अवार्डसमेत जितेको छ।

करिब पाँच करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड, झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप