केन्द्रीय संस्करण

मधुमेह रोगीको उपचारमा सहुलियतको व्यवस्था गर्न माग

person access_timeमाघ २५, २०७४ chat_bubble_outline0

काठमाडौं–मधुमेहको बिरामीलाई सरकारले उपचारमा सहुलियको व्यवस्था गर्नुपर्ने डाइविटिज नेपालले माग गरेको छ । 
राजधानीमा पत्रकार सम्मेलन गर्दै डाइविटिज नेपालका महासचिव कैलाश प्रधानले सरकारले अन्य जटिल रोगका बिरामीलाई स्वास्थ्य सेवामा सहुलियतको व्यवस्था गरे जस्तै मधुमेहका रोगीहरुलाई पनि सहुलियतको व्यवस्था गर्नु पर्ने माग गरे । 
मधुमेह रोग पछिल्लो समय जटिल बन्दै गएको भन्दै प्रधानले मधुमेह रोगले हृदयघात,आखाँमा असर गर्ने जस्ता धेरै समस्या हुने भएका मधुमेह रोगीलाई औषधिमा ५० प्रतिशत सहुलियतको व्यवस्था गर्नु पर्ने माग गरे । 
हाल नेपालमा मघुमेहको ८ देखि ९ लाख रोगीहरु रहेको अनुमान गरिएको छ भने ३० लाख नेपाली मधुमेह रोगको नजिक रहेको पनि अनुमानित तथ्याङक रहेको छ ।
यस विषयमा जनचेतना जगाउने उदेश्यले डाइविटिज नेपालले यो वर्ष साताव्यापी कार्यक्रम गर्ने भएको छ । पत्रकार सम्मेलनमा डाइविटिज नेपालको आयोजनमा माघ २५ देखि फागुन ५ गते सम्म मधुमेह रागेको बारेमा विभिन्न कार्यक्रम तथा गोष्ठी गरिने जानकारी  दिइयो । 
जसअन्तर्गत मा २६ गते डाइटिसिउनहरुका लागि, २७ गते  डाक्टरहरुका लागि , २८ र २९ गते नर्सहरुका लागि मधुमेह नियन्त्रणका लागि पछिल्लो समयमा पत्ता लागेका उपाय एवं औषधिको बारेमा जानकारी गराइने प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 
टोल समाजमा भएका स्वास्थ्य स्वंयमसेविकाका रुपमा कार्यरत जनशक्तिलाई मधुमेह र रोकथामका उपायहरु र खानपानको बारेमा जानकारी गराउने उद्देश्य पनि संस्थाको रहेको जनाएको छ । 
जनचेतनाका लागि फागुन २ गते  डाक्टरहरुका लागि गोष्ठी र फागुन ४ गते   एक दिने अभिमुखिकरण तालिम   संचालन गरिने डाइविटिज नेपालकी कोषाध्यक्ष डा. जया प्रधानले बताइन् । 
यस्तै जनचेतना मुलक सप्ताहव्यापी कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउदै आएका चिकित्सकहरुलाई पनि सम्मान गरिने  छ । जनचेतना मुलक कार्यक्रममा भारत, बेलायत र नेपालका चिकित्सकहरुको सभागिता रहने छ ।
डाइविटिज नेपालले विगत १० वर्षदेखि जनचेतना मुलक कार्यक्रम गर्दै आईरहेको  छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X