बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कम्ब्याक गर्दै कपिल

बुधबार, २४ माघ २०७४, १७ : ३०
बुधबार, २४ माघ २०७४

काठमाडौँ । आगामी मार्च महिनामा सानो पर्दा चर्चित भारतीय कमेडियन कपिल शर्माले कम्ब्याक गर्ने भएका छन् ।

कमेडी नाइट विथ कपिल र द कपिल शर्मा शोबाट चर्चामा आएका कपिलले यही फेब्रुअरी ५ मा उनले नयाँ शोका लागि सुट गरेका छन् ।

सार्वजनिक भएका केही तस्विरमा कपिल आटोदेखि बस चढेको देख्न सकिन्छ ।

टाइम्स अफ इन्डियाका अनुसार कपिल पूरानै च्यानलमा आफ्नो शो लिएर फर्कने छन् । नयाँ कार्यक्रमको फम्र्याट र टाइटल भने अझै फाइनल भइनसकेको बताइएको छ ।

यद्यपि, सुनिल ग्रोभर भने तत्काल कपिलको शोमा फर्कने सम्भावना नरहेको पनि समाचारमा उल्लेख छ । दुईबीच झगडा भएपछि सुनिलले शो छाडेका थिए ।

सुनिल छाडेपछि शोका अन्य कलाकारहरुले पनि शो छाडेका थिए जसले कपिलको कार्यक्रमको टिआरपी घट्नुका साथै उनको स्वास्थ्यमा पनि असर पुगेको थियो ।

त्यसपछि च्यानल र कपिलले आपसी समझदारीमा छोटो ब्रेक लिने निधो गरेका थिए ।

आशा गरौँ, उनको नयाँ शो पनि पहिलेको जस्तै सफल हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप