बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जसले ५० वर्षदेखि भूत खोजिरहेछ, तर,... (भिडियोसहित)

बुधबार, २४ माघ २०७४, १५ : २१
बुधबार, २४ माघ २०७४

एक नीजि न्यूज च्यानलमा एक भूतले तर्साएको भनिएको घरबारे बनाइएको रिपोर्ट अहिले चर्चामा छ ।

प्रस्तोताले केही दिन अघि टीकाथलीको घरमाथि कार्यक्रम बनाएका थिए ।

कार्यक्रम छाँयाकनकै क्रममा भूतले इट्टा हानेको जस्तो देखिएपछि नेपाली सामाजिक सञ्जाल भूतको अस्तित्व हुने–नहुने बहसमा विभाजित छ ।

पत्रकारिताको धर्ममाथि प्रश्न उठाइएको सो भिडियो रिपोर्टमा प्रस्तोताले आफू भूत हुने–नहुँने बीचको विवादमा नफसी जे हो त्यहीँ देखाउन आएको भनाईबाट शुरु गर्छन् । तर, भिडियो पत्रकारको दाबीजस्तो तटस्थ छैन ।

भिडियो रिपोर्ट प्रस्तोताको निर्देशनबाट उम्केर परिवारका सदस्यको हातमा पुगेको देखिन्छ ।

शुरुमा प्रस्तोताले सो घरका ‘पीडित’ मानिसको आग्रहमा ‘सहयोग’का आएको भन्छन् ।

सायद यही भावुकतामा उनी पत्रकारिताको आलोचनात्मक दृष्टि गुमाउँछन् ।

सो भिडियो रिपोर्टको अधिकांश भाग घरमा बसिरहेका भनिएका १२ जना भूतले सताएको विश्वास दिलाउने प्रयासमा देखिन्छ ।

प्रस्तोतामा भूतले तर्साएको डर कम र दर्शकले आफ्नो कुरा विश्वास नगर्लान कि भन्ने डर बढी देखिन्छ ।

परिवारका अधिकांश सदस्य टीभी यूनिटलाई जता जादाँ नि पछ्याइरहेको देखिन्छन् ।

सो क्रममा परिवारका सदस्यले भूतसम्बन्धी फरक–फरक अनुभव सुनाइरहन्छन् ।

घर बाहिर रहेको इनार देखाउने क्रममा २–३ जनाले टीभी यूनिटलाई व्यस्त राखिरहँदा, क्यामेराले आवाज पक्रन सक्ने दूरीको कोठाबाट ठूलो आवाज आउँछ ।

त्यो आवाज तर्फ केही दूरीमा रहेकी इनारतर्फकी युवतीले नै पत्रकारलाई ख्याल गराउँछिन् ।

लगतै आवाज आएको कोठामा पुग्दा क्यामेरामा निस्पट्ट अध्यारो देखिन्छ ।

र, बत्ती बालेर कोठामा प्रकाश पर्नु अगावै यो कार्य हुने पहिले थाहा भएझैं गरि भीडबाट कसैले भूतले इट्टा हानेको भनिन्छ ।

प्रकाशको उज्यालोमा त्यहाँ साच्चै इट्टा नै हुन्छ ।

पत्रकारले छिमेकीको घरबाट भिडियो त खिचेको देखाइएको छ ।

तर, उनीहरुसँग त्यसबारेमा सबालजवाफ गरेको देखाइएको छैन ।

अझ भिडियो रिपोर्ट सकिएपछि प्रस्तोताले दर्शकलाई सम्बोधन गर्छन ।

त्यसमा उनी परालौकिन समाधान जान्ने कोही भए उक्त परिवारलाई सहायता माग्छन् ।

यसमा प्रस्तोता घरमा भूत रहेको पक्का निष्कर्षमा पुगेको जस्तो देखिन्छन ।

सो भिडियो पत्रकारमा रहेको भूतप्रतिको विश्वासबाट प्रभावित भएको छ ।

भिडियोमा देखिएकै केही क्रियाकलापलाई सामान्य आलोचनात्मक अवलोकनबाट हेर्ने हो भने घटना भूत देखिएको घटनाको बलियो ‘केस’ लाग्दैन ।

तर पनि विश्वमा प्रत्यक वर्ष हजारौँले भूत देखेको अनुभव गर्छन् ।

उनीहरुको यथार्थ चाहिँ के हो ?

के साच्चै उनीहरुले भूत देखेकै हुन्छन् ?

मानव सभ्यताको इतिहास हेर्ने हो भने लगभग सबै संस्कृतिमा जीवन पछि के आउँछ ?

जिज्ञासा पाइन्छ ।

धेरै मानिस त्यसको सम्भावनामा भूत हुनसक्ने मान्छन् ।

तर, के भूतको साच्चै अस्तित्वको प्रमाण पाइन्छ ?

यो प्रश्न सोध्न उपयुक्त पात्र न्यूयोर्कको बफ्यालो बस्ने जोइ निक्केल हुन ।

उनी विगत ५० वर्ष देखि यही प्रश्नको खोजी र उत्तर दिइरहेका छन् ।

भीओएक्ससँगको पहिलो भेटमा उनले आफ्नो परिचय दिदंै भने ‘म संसारको एक मात्र पूर्णकालीन र विज्ञानमा आधारित पेसेबर परालौकिक अनुसन्धानदाता हुँ । म घटना पर्दाफास गर्नेभन्दा तिनलाई व्याख्या गर्नमा केन्द्रित हुन्छु । प्रचार पनि होइन, खालि व्याख्या गर्ने ।’

निक्केल पुर्नजागरण कालको विद्वान जसरी काम गर्छन् ।

ज्ञानको व्यापक विद्याबाट सामाग्री लिएर उनी आफ्नो मुद्दाको व्याख्या गर्ने गर्छन् ।

यदी माथिको भिडियो नदेखिएमा यहाँ क्लिक गर्नुहोस्

‘मैले आफ्नो घटनाको व्याख्या गर्न कैयन पटक भाषिक विश्लेषणको प्रयोग गरेको छु । कहिले रगतको ‘प्याटर्न’को विश्लेषण प्रयोग गरेको छु । साथै मनोवैज्ञानिक अवस्थाको जाँच गरेको छु । कुनै निश्चित घटनामा प्रकाश पार्न यी मध्ये कुनै एक वा सबै प्रयोग गर्न सकिन्छ ।’ उनले भनेका छन् ।

उनले आफ्नो आधा शताब्दीको अनुसन्धानकालमा सयौं घटनाको अध्ययन गर्ने क्रममा यस्तो कुनै घटना भेटेका छैनन्, जसले उनलाई भूतमा विश्वास गरायो ?

‘भूतको प्रमाण लाग्ने एउटा पनि घटना मैले भेटेको छैन ।’ उनले भनेका छन् ।

यस अनुसन्धानलाई जटिल बनाउने पक्ष मध्ये एक भनेको मानिसले गर्ने भूतको फरक–फरक व्याख्या हो ।

किताब¥याकबाट अचानक किताब झ¥यो–भूत ।

फोटोमा सेतो चीज खिचियो–भूत ।

माथिल्लो तल्लामा मानिस हिडेको जस्तो आवाज आयो–भूत ।

ढुङ्गा–इट्टा घरमा फ्याकियो–भूत ।

भूतको प्रमाण दाबी गर्ने अधिकाश सामाग्रीमा फोटोग्राफी, भिडियो, प्रत्यक्षदर्शीको अनुभव पर्छन् ।

पश्चिमतिर भूतको शिकारी भनेर परिचिय दिने समूह भूत पत्ता लगाउन इएमएफ मिटरको प्रयोग गर्छन् ।

यस उपकरणले इलेक्ट्रोम्याग्नेटिक फिल्डको मापन गर्छ ।

भूतको उपस्थिति हुदाँ त्यो फिल्डमा प्रभाव पर्ने विश्वासमा तिनले सो उपकरण प्रयोग गर्छन् ।

तर, तिनले भूत र इलेक्ट्रोम्याग्नेटिक फिल्डमा भूतले पार्ने प्रभावमा के सम्बन्ध रहेको छ भनेर व्याख्या दिन सकेका छैनन् ।

वैज्ञानिकहरु यो उपकरणले भूत पत्ता लगाउनेमा विश्वास गर्दैनन् ।

भूतको अस्तित्व विज्ञानले पूर्ण अस्वीकार गर्छ । तर, पनि भूत देखेको जस्तै लाग्ने अनुभव भने धेरै पाइएको छ ।

तपार्इंले भूत देखेको जस्तो लागे तपाईंं मानसिक रुपमा स्वस्थ हुनुहुन्न भन्ने होइन । यस्तो अनुभव धेरैलाई हुने गर्छ ।

एक सर्भेमा २८ % अमेरिकीले भूत देखेको बताएका छन् ।

परालौकि अनुभव(भूत देख्ने) पछाडि प्रशस्त तर्कसङ्गत व्याख्या छन ।

एउटा हो–इन्फ्रासाउण्ड ।

यो हाम्रो कानले ठम्याउन सक्ने भन्दा तलको फ्रिक्योन्सीको आवाज हो ।

इन्फ्रासाउण्ड धेरै कारणले उत्पन्न हुन्छ ।

हामीले घरमा प्रयोग गर्ने पुरानो पंखा र इन्जिनले पनि यो आवाज उत्पन्न गर्छ ।

अध्ययनले इन्फ्रासाउण्डको सम्पर्कमा केही समय रहदाँ ज्यान चिसो हुने, डिप्रेसनको अनुभूति हुने तथा कोही वरपर रहेको लाग्ने मानसकिता बढेको देखाएको छ ।

इनफ्रासाउण्ड मध्ये पनि १८.९८ हर्ज लाई त ‘भूत फ्रक्वेन्सी’ नै भनिन्छ ।

‘मानव आखाँको ‘रिजोनेट फ्रिक्वेन्सी’ १८ हर्ज हुन्छ । योसँग मिल्ने फ्रिक्वेन्सीले आँखामा इन्फ्रासोनिक हलचल श्रृजना गर्छ । यस्तोमा आखाँको कुनाबाट मानिसको आकृति देखिने जस्तो दृश्यभ्रम उत्पन्न हुन्छ । तपाईंंको आखाँले तपाईं वरिपरी नरहेका दृश्य देख्न थाल्छ ।’ प्रख्यात भौतिकशास्त्री निल डिग्रास टाइसनले भनेका छन् ।

यो प्रभावलाई पहिलो पटक सन् १९९८ मा भीक ट्यान्डीले व्याख्या गरेका थिए ।

कोभेन्ट्री विश्वविद्यालयका प्रध्यापक ट्यान्डीले त्यहाँको ल्याबमा काम गर्ने क्रममा समय–समयमा भूतजस्तो आकृति देखेको लागेपछि यसमा गहिरिएर अध्ययन गरेका थिए ।

अध्ययनको क्रममा उनले सिलिङ्गमा रहेको पंखाको मोटरले १८.९८ हर्ज फ्रिक्वेन्सी निकालिरहेको पत्ता लगाए ।

आवाजको यो स्रोत मर्मत गरे पछि त्यो भूताह प्रभाव रोकिएको उनले पाएका थिए ।

यदी माथिको भिडियो नदेखिएमा यहाँ क्लिक गर्नुहोस्

स्वीस वैज्ञानिकहरुले भूतको उपस्थिति अनुभव हुने घटनाजस्तै अवस्था ल्यावमा तयार गर्न सक्षम भएका छन् ।

तिनले अध्ययनमा सहभागी स्वयमसेवकको हातको चाल नक्कल गर्ने रोवोट बनाएका छन् ।

परीक्षणमा आँखा बन्द गराइएको स्वयमसेवकलाई आफू अगाडि रहेको सानो रोवोटमा छुन लगाइयो ।

स्वयमसेवकले प्रत्येकपटक रोवोटसँग छुदाँ रोवटसँग सम्पर्क भएको हातजस्तो अर्को उपकरणले स्वयमसेवकको ढाडमा छुने व्यवस्था गरिएको थियो ।

यसो गर्दा स्वयमसेवकले प्रत्येकपटक भूतको उपस्थिती रहेको अनुभव गरेको पाइयो । यो अनुभव परीक्षणमा सहभागी सबैले गरेका थिए ।

यो परिक्षणले हाम्रो दिमागको केही भाग कति सजिलै भ्रममा पार्न सकिन्छ भनेर प्रकाश पार्छ ।

कहिलेकाँही मानिसले पुरै नजागेको वा पुरै ननिदाएको तन्द्रा अवस्थामा यथार्थमै भूत देखेको अनुभव गर्छन् ।

साँझको बेलाको तन्द्रामा यस्तो हुने गरेको छ ।

यो प्रकारको तन्द्रालाई ‘निन्द्रा पक्षघात’ पनि भन्न सकिन्छ ।

तपाईंलाई आफू जागा छु भन्ने लागिरहेको हुन्छ । तर, तपाईं आफ्नो शरीर हलचल गर्न सक्नुहुन्न ।

लगभग ८ % मानिसले जीवनको कुनै न कुनै विन्दुमा अनुभव गर्छन् ।

यो अनुभव गर्नेले सो समय छाँया, मानिस वा दैत्य डरलाग्दो दृश्य देखेको अनुभव बताउने गर्छन् ।

भूत देखिएको दाबीको पछाडिको अर्को सम्भावित व्याख्यामा शोकको हात छ ।

एक अध्ययनले देखाए अनुसार श्रीमान÷श्रीमती गुमाएका ६०% प्रतिशत मानिसले मरेका ती प्यारो मानिसको आवाज वा दृश्यसँग साक्षात्कार भएको बताएका छन् ।

न्यूरोलोजिष्ट ओलिभर स्याक्सको किताब ह्यालुनेशनमा मरेका आफन्तको दृश्य देखेर शोकाकुल व्यक्तिको दिमागले नोक्सानीलाई क्षेतिपुर्ति गर्ने प्रयास गरिरहेको हुने जनाएका छन् ।

‘यो खालको दृश्यभ्रम डरलाग्दो भन्दा आराम खालको हुने गर्छ ।’ स्याक्सले विश्व विज्ञान महोत्सवको अन्तरक्रियामा भनेका छन् ।

‘धेरैजसो परालौकिक अनुभवको मानिसको आशा वा डरसँग सम्बन्ध हुनेगर्छ’ जोइ निक्केलको ५० बर्षे अध्ययनले देखाएको छ, ‘हामी कति अवस्थामा भूत होस् भन्ने आश गर्दा रहेछौँ । यस्तोमा हामीलाई मृत्युपछिको जीवनमाथि भरोसा हुन्छ । र हाम्रा मरेर गएका प्रियजन पनि अझै हामी वरपरनै छन् भन्ने विश्वास रहन्छ ।’

यसमा जोइ निक्केलले आफ्नो व्यक्तिगत अनुभव सुनाए ‘म आफैलाई मेरी हजुरआमाको मृत्यु हुदाँ उनी सधैंका लागि हामीमाँझबाट गइन् भनेर स्वीकार्न कति गा¥हो भएको सम्झना छ ।’

हाम्रो शरीर मरे पनि हाम्रो अस्तित्व सकिएको हँुदैन भन्ने भूत सम्बन्धी अवधारणा निक्कै शक्तिशाली रहेको छ ।

उनी भन्छन्, ‘मानिस मरिसकेपछि मृत प्रियजनलाई भन्न बाँकी कुराहरु वा मरेर गएकी आफ्नी आमासँग रिसमा भनेको कुनै कुरा साच्चै मनैबाट भनेको होइन भन्न पाए भनेर धेरै कुरा याद आउँछ । यो सबै भूतको अस्तित्व स्वीकार्दा सम्भव हुन्छ ।’

त्यसैले भूतको अस्तित्व नहुदाँ नहुदै पनि तपाईं तिनलाई देख्न सक्नुहुन्न भन्ने चाँही होइन ।

यदी माथिको भिडियो नदेखिएमा यहाँ क्लिक गर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप