बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बायोपिक ब्लाइन्ड रक्सको यस्तो छ अफिसियल ट्रेलर

बुधबार, २४ माघ २०७४, १३ : ३५
बुधबार, २४ माघ २०७४

काठमाडौं – सृष्टि केसीको जीवन माथि बनेको चलचित्र ‘ब्लाइन्ड रक्स’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित ट्रेलर सार्वजनिक गरेको हो । 

१८ फागुनबाट प्रदर्शनमा आउने चलचित्र मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन् । सृष्टिको भूमिका अभिनेत्री बेनिशा हमालले निर्बाह गरेकी छन् । प्रेसमिटमा बेनिशा र सृष्टि दुबै आकर्षणको केन्द्र बनेका थिए । 

‘चलचित्रले बरु मलाई दृष्टि दिएको छ । मेरा थप हजार आँखा खुलेका छन्’ केसीले भनिन्, ‘चलचित्र हेरेर सुझाव दिनुहोला ।’ निर्देशक चाम्सले सृष्टिको जीवन आफैमा चलचित्र भएकाले बनाउन जटिल नभएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप