श्याम र नम्रता रोमान्समा बन्यो ‘प्रेम दिवस’
काठमाडौं – पछिल्लो समयमा नेपाली बीचमा पनि ‘भ्यालेन्टान डे’ले आफ्नो बर्चश्व कायम गर्न थालेको छ । यो प्रेम दिवसका अवसरमा यसैलाई लक्षित गरेर विभिन्न गीत सङ्गीत, चलचित्र तथा लघु चलचित्र आउन थालेका छन् ।
यस्तैमा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ । नेपाली साहित्य फाँटमा थुप्रै रचनाहरु पाठक माझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।
भकारी एमडिसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे. एन. घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका हुन् ।
‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । ‘यसलाई पछि फिचर चलचित्रकै रुपमा विकसित गर्ने सोच बनाएका छौ’, भकारी एमडीसीका सञ्चालक बसन्त वित्यासी थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
-
तीन जना एसएपीको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
छैटौँ सातामा ‘महजात्रा’, मनाउला त ५१ औँ दिन ?
-
काठमाडौँ–३१ का ६० जना ज्येष्ठ नागरिक सामूहिक सैलुङ भ्रमणमा
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ