शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २४ माघ २०७४, ०५ : ३७
बुधबार, २४ माघ २०७४

आजको राशिफल
बि.स.२०७४ माघ २४ गते । बुधबार । ईश्वी सन् २०१८ फेब्रवरी ०७ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९३९ । फाल्गुन कृष्ण पक्ष । तिथि सप्तमी १२ घडी २६ पला,दिउसो १२ बजेर ३६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र स्वाती २३ घडी ०१ पला,दिउसो ४ बजेर ०२ मिनेट उप्रान्त बिशाखा । योग गंड १८ घडि ४० पला,दिउसो १ बजेर १८ मिनेट उप्रान्त वृद्धि । 

करण वव,दिउसो १२ बजेर ३६ मिनेट उप्रान्त वालव,रातको १२ बजेर ५८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा धुम्र योग । चन्द्रराशि तुला  । 

काठमाडौंमा सूर्योदय ६ बजेर ४९ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक — २  

शुभ रंग — सुन्तला

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मेहनेतले प्रशस्त लाभ लिन सकिनेछ । बादबिवाद तथा प्रतिश्पर्धामा तपाईकै जित हुँने तथा सत्रु परास्त हुँनेछन् । न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानिबाट राम्रै प्रतिफल पाईने योग रहेकोछ ।  

शुभ अंक — ५   

शुभ रंग —   खरानि

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)  बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउँदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको ईज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुँनेछ भने आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुँनेछ । व्यापारमा लगानि बढाउँदै आम्दानिमा बृद्धि गर्न सकिनेछ । 

शुभ अंक — ३

शुभ रंग — हरियो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

शुभ अंक — ४

शुभ रंग — सेतो

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुँनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउँन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ ।

शुभ अंक —२

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

शुभ अंक — ३ 

शुभ रंग  — निलो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुँने हुँनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग — खरानि

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुँनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

शुभ अंक — ५

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुँनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुँनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

शुभ  अंक — ३

शुभ रंग —  सुन्तला

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानि गर्दा पनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाईनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । 

शुभ अंक —३ 

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

शुभ अंक — ४

शुभ रंग — पहेलो

तपाईको दिन शुभ रहोस् । 

यूवा ज्योतिषि डिपि भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप