बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन डेमा ओपोको एफफाइभ ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन

मङ्गलबार, २३ माघ २०७४, १८ : २३
मङ्गलबार, २३ माघ २०७४

काठमाडौं । भ्यालेन्टाइन्स् डेको अवसर पारेर कम्पनीले ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

अहिले सम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना रहेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही कारणलाई दृष्टिगत गर्दै कम्पनीले यस पटक भ्यालेन्टाइन्स् डेका लागि नीलो रंगको छनोट गरेको बताइएको छ । फोनको पछिल्लो भागमा (रिफ्लेक्टिव) टल्किने प्यानलको प्रयोग गरिएको छ । यो प्यानलमा प्रकाश पर्दा यसले ऐनाको झैँ गुण प्रदर्शित गर्छ । 

एफफाइभ ड्यासिङ ब्ल्यू एडिशनको स्पेक्स कम्पनीको पछिल्लो संस्करण एफफाइभसंगै मिल्दो जुल्दो हुनेछ । स्मार्टफोनमा १८ः९ एस्पेक्ट रेसियो र २.५डी कर्भ्ड ग्लास सहितको ६ ईञ्चको फुलएचडी प्लस डिस्प्ले उपलब्ध गरिएको छ । 

फोनमा पर्याप्त मेमोरी स्पेक्स सहित ओपोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । फोनमा २ ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकै साथ प्रयोग गर्न सघाउने सोचका साथ ट्रिपल स्लोट ट्रेपनि उपलब्ध गरिएको छ । फोनमा प्रयोग गरिएको ओक्टा–कोर सीपीयू प्रोसेसरले कम उर्जाको खपत गर्दै ताप उत्सर्जनमा कमी ल्याउनुका साथै सुदृढ तथा तिब्र कार्य प्रदर्शन गर्छ । 

कम्पनीले अहिले सम्म ड्यासिङ ब्ल्यू एडिशनमा ४ वा ६ जीबी ¥याम तथा ३२ जीबी वा ६४ जीबी रोम कुन भर्जनमा सार्वजनिक हुन्छ भन्ने जानकारी सार्वजनिक गरेको छैन । तथापी, ड्यासिङ ब्ल्यू उडिशन ४ जीबी ¥याम र ३२ जीबी रोमका साथमा सार्वजनिक हुने प्रबल सम्भावना रहेको छ ।

कम्पनीले फोनमा १६ मेगापिक्सेल क्षमताको रियर फेसिङ शुटर र सेल्फीका लागि २० मेगा पिक्सेल क्षमताको सेल्फी क्यामेराको ब्यवस्था गरेको छ । यो सेटअपलाई थप विशेष तथा उपयोगी बनाउने सोचका साथ क्यामेरामा कम्पनीले ओपोको एआई ब्यूटी रिकग्निसन प्रविधिको प्रयोग गरेको छ ।

 यो प्रविधिले सेल्फीमा रहेका विषयका लागि विशेष ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउँछ । फोनको दैनिक प्रयोगमा ब्याट्रीका कारण समस्या नआओस् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको नन् रिमुभेवल ब्याट्री जडान गरिएको छ । सफ्टवेयरको कुरा गर्नुपर्दा ओपो एफफाइभमा कम्पनीले एण्ड्रोइड ७.१.१ नोउगाटको प्रयोग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप