मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजेशपायलको भ्यालेनटाइन गीत ‘तिमीलाई नसम्झिने त...’ (भिडियो)

मङ्गलबार, २३ माघ २०७४, १७ : ००
मङ्गलबार, २३ माघ २०७४

काठमाडौं । नेपाली गायन क्षेत्रका ‘मेगास्टार’ राजेशपायले राईको नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवश लक्षित गरेर ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ बोलको प्रेम गीत सार्वजनिक गरिएको हो ।  

बबी गुरुङको शब्दरचना तथा राजकुमार बगरको संगीत रहेको यस गीतको भिडियोलाई पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका राधाकृष्ण आचार्यल निर्देशन गरेका हुन् । ‘तिमीलाई नसम्झिने त कुनै छिन छैन’ गीतको यस भिडियोमा सनम कठायत, खुसी र बुद्धिले अभिनय गरेका छन् । यस प्रेमभाव गीतको भिडियो निकै मार्मिक बनेको छ । प्रेम गर्ने प्रेमी–प्रेमिका लागि लक्षित यो गीत राजेशपायलले गाएको पछिल्लो प्रेमभाव युक्त गीत हो । 

भर्सटाइल गायकका रुपमा समेत कहलिएका राजेशपायलले यस गीतमार्फत सुगमसंगीतका लागि एकपटक फेरि दरिलो खम्बाका रुपमा प्रस्तुत गरेका छन् । गीतको भावना अनुसार निर्देशक आचार्यले कथा चित्रण गर्न सफल भएका छन् । यस भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप