मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

चुडामणि शर्माको घरमा विप्लवका कार्यकर्ताद्वारा तोडफोड

मङ्गलबार, २३ माघ २०७४, १५ : ०२
मङ्गलबार, २३ माघ २०७४

काठमाडौँ । भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलका वासिन्दा रहेका चुडामणिको घरमा विप्लवका कार्यकर्ताले ढुंगामुडा गर्दा घरको सिसाहरुमा क्षति पुगेको छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो ।

उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्तिदेखि एनसेल बिक्री करमा छुट लगायत विवादीत मुद्दामा पक्राउ परेका शर्मा हाल धरौटीमा रिहा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप