शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भावस्थामा सम्भोग कति उत्तम

मङ्गलबार, २३ माघ २०७४, ११ : ५५
मङ्गलबार, २३ माघ २०७४

डा.शिल्पिका शानथप्पा, फिजिसियन

गर्भावस्थामा सम्भोग गर्न हुँदैन भन्ने मान्यता प्रचलित छ । तर, यो सत्य होइन । यस्तो अवस्थामा शरीरमा थकाइ हुन सक्छ । जसले पार्टनरसँग नजिक हुन झन्झट पनि लाग्न सक्छ । तर, दोस्रो ट्राइमेस्टर अर्थात् तीनदेखि ६ महिनाको दौरानमा बान्ता हुन बन्द हुन्छ । त्यसपछि हल्का महसुस पनि हुन थाल्छ । त्यतिवेला तपाईंलाई सम्भोगको चाहना आउन सक्छ । डाक्टर शिल्पिता शानथप्पाले गर्भावस्थामा गर्ने सेक्स र त्यसको परिणामबारे बताएकी छिन् :

ल धेरै मानिसले भन्ने गर्छन् कि गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा भ्रुणलाई समस्या पर्छ । तर, यस्तो सोच गलत हो । गर्भवती भएका वेला स्ट्रेच भएर भेजाइनाको आकार अलिकति बढ्ने गर्छ । जसका कारण गर्भाशयको बाहिरी भागमा म्युकस लेयर जम्मा हुन्छ । यसले गर्दा गर्भवती आमाले सम्भोग गर्दा पनि बच्चालाई भने युट्रसमा सुरक्षित राख्ने काम गर्छ ।

ल त्यस्तै, अर्को मान्यता छ कि यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा आमामा लेबर पेन बढ्न थाल्छ । तर, यो पनि पूर्ण सत्य होइन । यस्तो वेला सिमनमा केही मात्रामा प्रोस्टाग्लिडिन जम्मा हुन्छ ।

फाइदा
०   गर्भावस्थामा शारीरिक सम्पर्क राख्दा पेल्भक मसल्स बलियो बन्छ । 
०   यस्तो अवस्थामा गरेको शारीरिक सम्पर्कले रक्तसञ्चारलाई पनि सन्तुलित गर्ने काम गर्छ । 
०   आरामदायी निद्रा लाग्छ । 
०   यसले दुईबीचको प्रेम र आत्मीयतालाई थप बढोत्तरी गर्ने काम गर्छ ।

जसले गर्दा गर्भवतीलाई दुखाइचाहिँ हुन सक्छ । बच्चा जन्माउने समय पनि सिन्थेटिक प्रोस्टाग्लिडिन सञ्चित नै हुन्छ जसले बच्चालाई बाहिर निकाल्न दबाब सिर्जना गर्छ । तर, सम्भोगकै कारण लबर पेन हुनेचाहिँ सत्य होइन ।

ल शारीरिक सम्पर्कपछि गर्भवती आमालाई ब्लिडिङ हुन्छ भन्ने पनि आममान्यता छ । कतिपयले यस्तो वेला सम्भोग गर्दा बच्चा नै खेर जानेसम्म बताउँछन् । यस्तो अवस्थामा गर्भाशय सेन्सिटिभ हुने भएकाले शारीरिक सम्पर्कका वेला थोरै ब्लडचाहिँ देखिन सक्छ ।

जुन सामान्य हो । बढी नै ब्लिडिङ भएमा चिकित्सककहाँ जानुपर्ने हुन्छ । तर, शारीरिक सम्पर्ककै कारण यसरी ब्लिडिङ हुनेचाहिँ होइन ।

ल यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा भेजाइन इन्फेक्सन हुन्छ भनेर धेरै महिला त्रसित हुने गर्छन् । यदि तपाईंको पार्टनरमा यौनरोग (सेक्सुअल टान्समिटेड डिजिज) छैन भने यसबारे कुनै चिन्ता लिनुपर्दैन । तर, भेजाइनालाई सफा राख्न भने जरुरी छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप