बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरुको गीतमा एलिशाको झ्याईँ झ्याईँ...

मङ्गलबार, २३ माघ २०७४, १० : ५७
मङ्गलबार, २३ माघ २०७४

काठमाडौं – अभिनेत्री तथा नृत्यांगना एलिशा राईले आफूलाई झ्याईँ झ्याईँ पार्ने रहर जागेको कुरा नृत्यमार्फत व्यक्त गरेकी छिन् । गायिका सरु राई सरस्वतीको नयाँ गीत ‘झ्याईँ झ्याईँ झ्याईँ...’ को म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसंगै झ्याईँ पार्ने चाहना व्यक्त गरेकी हुन् । 

हालै सार्वजनिक उक्त गीतमा गायिका सरु राईकै शब्द तथा संगीत सुन्न सकिन्छ । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन् । भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन् ।

युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप