शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृ’को ‘मैले जानी नजानी’ गीतमा यस्तो छ अनमोल र अदितिको रोमान्स

मङ्गलबार, २३ माघ २०७४, १० : ५३
मङ्गलबार, २३ माघ २०७४

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउँने चलचित्र ‘कृ’को दोस्रो गीत ‘मैले जानी नजानी’ रिलिज गरिएको छ । सोमबार रानधानीमा आयोजित एक कार्यक्रम सहित रिलिज गरिएको गीतमा अभिनेता अनमोल केसीले अभिनेत्री अदीति बुढाथोकीसँग रोमान्स गरेका छन् । ३ दिन लगाएर स्कटल्याण्डमा खिचिएको यो गीतको लोकेशन र छायांकन पक्ष राम्रो देखिएको छ ।

ट्रेलर र ‘यति यति पानी’ बोलेको गीतले चलचित्र बजार तताई रहेको बेला यो गीतले चलचित्रको चर्चा चुलिमा पुर्याउन झन् मद्दत गर्ने निर्माता मध्यका एक भुवन केसीले बताए ।

गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो गीतको भिडियोमा विक्रम लामा र एन्जिलिना खत्रीको कोरियोग्राफी रहेको छ । 

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । सुवास गिरी र भूवन केसीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् । 

चलचत्रिमा अनमोल र अदितीको अलवा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप