शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो

शनिबार, १७ असार २०७४, १६ : १४
शनिबार, १७ असार २०७४

गुल्मी– नेपाली काँग्रेससँगको गठबन्धन गरेर गुल्मीमा नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितेको छ । गुल्मीको पाँच स्थानीय तहमा माओावादी केन्द्र र नेपाली काँग्रेसले गठबन्धन गरी उम्मेदवारी दिएको थियो । गुल्मीको धुर्कोट गाउँपालिकोको प्रमुख पदमा माओवादीले जिेतेको हो ।  माओवादी केन्द्रका भुपाल पोखरेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५११६ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण घिमिरिेले ४७५३ मत ल्याए । घिमिरे मात्र ३६५ मतले पराजित भएका हुन् । 

त्यस्तै उपाध्यक्षमा पनि माओवादी गठबन्धनका शिव केसी विजयी भए । केसीले ७० मतको अन्तरले विजयी हाँसिल गरेका छन् । केसीले ४८१६ मत ल्याएर विजयी भएका हुन भने एमालेकी रिता  थापा ४८४२ मत प्राप्त गरिन् । 

गठबन्धनले ७ वटा वडा मध्ये ४ वटा वडा अध्यक्ष सहितको प्यान पनि विजयी गराउन सफल भएको छ । नेकपा एमालेले ३ वटा वडामा मात्रै विजयी हासिल गरेको छ ।  वडा नम्वर १ साविकको नयाँगाउँमा गठवन्धनका कमल थापा अध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्वर ३ पिपलधारामा नविन जिसी, वडा नम्वर ४ जैसीथोकमा मानबहादुर कुँवर र वडा नम्वर ५ वस्तुमा ढुण्डीराज भण्डारी वडाध्यक्षमा विजयी भए । 

त्यस्तै नेकपा एमालेका उमेदवार विष्णु श्रीसले वडा नम्वर ३ हाहाडेमा अध्यक्ष पदमा विजयी हासिल गरेकाछन् ।  वडा नम्वर ६ धुर्कोट रजस्थलमा कृष्ण नेपाली र वडा नम्वर ७ वाग्लामा   हिमप्रसाद पन्थी एमालेको तर्फबाट वडाध्यक्ष सहितको प्यानल विजयी भएको छन् ।  

कांग्रेस माओवादी गठवन्धन मध्ये रुरुमा  एमालेले जितको र  छत्रकोटमा अग्रता लिए पनि अन्य दुई गाउँपालिका कालिगण्डकी र सत्यवतीमा गठवन्धनकै अग्रता रहेको छ ।  तिन प्रमुख दलका  एकल उमेदवार लडेको मदानेमा भने  सुरुवाती अग्रता लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप