शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डिभोर्सपछि पहिलो पटक कार्यक्रममा देखिए मनाेज गजुरेल

शनिबार, २० माघ २०७४, ११ : ५२
शनिबार, २० माघ २०७४

युएई -गत बिहिवार देखि युएईको विभिन्न शहर अाबुधावीको (मुसाफा क्याम्प),दुबर्इको (अलकुज ब्रकली क्याम्प) हुँदै आएको जनचेतनामूलक कार्यक्रम "दुई थोपा हासो" तेस्रो संस्करण गएराति अलऐनमा सम्पन्न भएको छ।

एनआरएनए युएईको आयोजना र नेपाली दुताबास युएईको संयोजनमा सिस्नुपानी नेपालको बिशेष प्रस्तुति रहेको उक्त जनचेतनामूलक कार्यक्रम युएईको अलऐन स्थित युनिकार्इ श्रमिक क्याममा सम्पन्न भएको हो।

हास्यब्यग्य कलाकर मनोज गजुरेलको विशेष प्रस्तुती रहेको उक्त कार्यक्रममा  सामाजिक तथा राजनीतिक  बिषय बस्तुलाई सत्य तर फरक रुपमा ब्याग्यात्मक प्रहार मार्फत मनोरञ्जन, स्वास्थ्य, योगा, आधारभूत शिक्षा,सुरक्षित रेमिटेन्स जस्ता चेतनामूलक प्रस्तुति रहेको थियो।

हास्यब्यंग्य कलाकार गजुरेल सँगै सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष व्यङ्ग्य कवि अर्जुन पराजुली, महासचिव टंक आचार्य, डा. रविन्द्र समिर पाण्डेले अा-अाफ्नो प्रस्तुती दिएका थिए। गजुरेल पारिवारिक समस्यापछि पहिलाे पटक विदेशकाे कार्यक्रममा देखिएका हुन् । 

नेपाली दुताबास युएईका कार्यबाहक राजदुत सागर प्रसाद फुयालको प्रमुख आथित्य र एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा दुताबास श्रम काउन्सिलर भेष बहादुर कार्की, श्रम सहचारी मोतिराम भुसाल, तृतीय सचिव नारायण ज्ञवाली सामाजिक संघसस्थाका प्रमुख तथा पदाधिकारी, समाजसेेवी,पत्रकार लगायत झन्डै १ सय ५० नेपाली श्रमिकहरको उपस्थिती थियो ।

जनचेतनामुलक कार्यक्रम लिएर खाडी मुलुक निस्केका सिस्नुपानी टिम युएर्इ पछि बहरार्इन जाने कार्यक्रम छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप