शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली बजारमा चौधरी ग्रुपले ल्यायो मेजू स्मार्टफोन

बिहीबार, १८ माघ २०७४, १५ : ३५
बिहीबार, १८ माघ २०७४

काठमाडौं–  चौधरी ग्रुपले मेजु स्मार्ट फोनहरु नेपाली बजारमा ल्याएको छ । सो कम्पनीले नेपाली बजारमा बहुप्रतिक्षित फल्यागशिप भिाइस मेजू प्रो सेभन सार्वजनिक गरेको हो । कम्पनीले मेजू प्रो सेभेनका साथमा एम सिक्स तथा एम फाइभ एस पनि सार्वजनिक गरेको छ । चिनियाँ स्मार्ट फोनहरुको बढ्दो आकर्षणलाई ध्यानमा राखेर सो कम्पनीले नेपाली उपभोक्ताहरुका लागि विश्वसनीय र भरपर्दो सेटहरु उपलव्ध गराएको दाबी गरेको छ । 

मोबाइल डिभाइस सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी ग्रुपका मोबाइल डिभिजन बिजनेस यूनिट हेड रमेश श्रेष्ठले भने, “यी स्मार्टफोनहरु एकिकृत आकर्षक डिजाइन र उच्च क्षमतावान हार्डवेयरका साथमा निर्माण गरिएका छन्, जसले अत्युतमयूजर एक्सपेरियन्स प्रदान गर्दछ र हामी विश्वस्त छौं कि यी विशिष्ट उत्पादनहरुले ग्राहकहरुको उच्च अपेक्षालाई पूरा गर्नेछ तथा बजारमा यसलाई लोकप्रिय बनाउनेमा हाम्रो ध्यान केन्द्रित रहेको छ ।”

कम्पनीका अनुसार प्रो सेभेनले आविश्कारमा विशाल छर्लाङ मारेको जनाइएको छ, जून मेजूको यसअघिका डिभाइसहरुको परम्परागत डिजाइन भन्दा भिन्न रहेको र  यसमा ड्यूल स्क्रीन र ड्यूलक्यामरा रहेको जनाइएको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप