बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंकले १० ग्राहकलाई दियो सामसुङ ग्यालेक्सी एस एट र १ सयलाई तीन महिना निःशुल्क इन्टरनेट

शनिबार, १७ असार २०७४, १३ : ४८
शनिबार, १७ असार २०७४

काठमाडौं – वल्र्डलिंक कम्युनिकेशन्स प्रा.लिले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेको अवसरमा ल्याएको सेलिब्रेसन अफरमा १० जनालाई सामसुङ ग्यालेक्सी एस एट मोबाइल दिएको छ भने एक सयलाई तीन महिनासम्मको निःशुल्क इन्टरनेट उपहारस्वरुप प्रदान गरेको छ ।

इन्टरनेट उपहार पाउने १ सय जना विजेताको नाम शुक्रबार सार्वजनिक गरेको छ । मोबाइल तथा इन्टरनेट  उपहार विजेतालाई कम्पनीको सफ्टवेयर सिस्टमले छनोट गरेको हो ।

सामसुङ ग्यालेक्सी एस ८ का विजेताहरुको युजर आइडी hardrock, tkarna, laligurans, farwestdgd,raj1234, gaurav_fbrgj, obzen, parbatibhlb, sujantimilsina and jyotilama12 छन् ।

साथै १ सय जना निःशुल्क इन्टरनेट विजेताहरुको युजर आइडी कम्पनीले आफ्नो वेवसाइट र फेसबुक पेजमा सार्वजनिक गरेको छ । कम्पनीले विजेतालाई उपहारका लागि स्वयं सम्पर्क गर्ने बताएको छ ।

वल्र्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका यसै वर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप