'दुर्इ थोपा हाँसो' लिएर युएर्इ अाए मनोज गजुरेल
युएर्इ-बार्इस वर्षे लामो बैबाहिक समन्ध विच्छेदपछि हास्यव्यंग्य कलाकार मनोज गजुरेल "दुर्इ थोपा हासो" लिएर युएर्इ अार्इपुगेका छन्।
गैर अावासिय नेपाली संघ (एनअारएनए) युएर्इको अायोजना र नेपाली राजदुताबास युएर्इको संयोजन तथा सिस्नुपानी नेपालको सहकार्यमा हुन गएको जनचेतनामुलक कार्यक्रममा उनी सहित लक्ष्मण गाम्नाङ्गे, डा. रबिन्द्र पाण्डे, तथा व्यंग्य कवि टंक आचार्य युएर्इ अार्इपुगेका हुन्।
बैदेशिक रोजगारीको शिलशिलामा युएर्इमा रहेका नेपालीहरूलार्इ स्वास्थ्य, हास्यव्यंग्य र योगा सहित जनचेतना अभिबृद्दि गर्ने उदेश्यले गर्न लागिएको उक्त कार्यक्रम युएर्इको सात वटै प्रान्तमा रहेको नेपाली श्रमिकहरूको क्याम्पमा हुने भएको छ।
बिशेषत नेपाली श्रमिकहरूलार्इ लक्षित गरि अायोजना गर्न लागिएको उक्त कार्यक्रममा प्रबेश निशुल्क गरिएको एनअाएनए युएर्इका अध्यक्ष रमेश श्रेष्ठले बताए।
कार्यक्रम अाज देखि फ्रेबुअरी ५ सम्म हुनेछ।
उक्त कार्यक्रममा सहयोग र सहभागीको लागि युएर्इमा रहेका सम्पुर्ण संघसस्था,समाजसेवी,ब्याबसायी,बुद्दिजिबि पत्रकार र नेपालीहरूलार्इ एनअाएनए युएर्इले हार्दिक अाह्वान गरेको छ।