मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गा एकता सेवा समाज कतारद्वारा एम्बुलेन्स हस्तान्तरण

मङ्गलबार, १६ माघ २०७४, १४ : ५५
मङ्गलबार, १६ माघ २०७४

ओखलढुंगा– ओखलढुङ्गा एकता सेवा समाज कतारले ओखलढुंगा एकता सेवा समाज नेपाललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । ओखलढुंगमा जन्मिएर रोजगारीको शिलशिलामा प्रवास कतारमा पुगेका ओखलढुङ्गेली युवाहरुको समुहले रकम संकलन गरि एम्बुलेन्स खरिद गरेको हो । युवाहरुले आफ्नो गास कटाएर जम्मा गरेको रकम रु ९ लाख ६७ हाजारको लागतमा एम्बुलेन्स खरिद गरेको ओखलढुङ्गा एकता सेवा समाज कतारका अध्यक्ष कुमार तामाङले बताए ।

विगतमा सडक तथा यातायातको पहुँच नहुदा धेरैले अस्पतालको अनुहार नै नदेखी अकालमा ज्यान गुमाउनु परेको पृष्ठभुमिबाट ओखलढुंगा अब मािथ उठेको छ । अहिले ओखलढुंगाका सबै गाउपालिका सडकसंञ्जालले जोडिएका छन् । अबका दिनमा यातायातकै कारण कुनै बिरामीहरुले अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था नआओस भनेर आफुहरुले एम्बुलेन्स हस्तान्तरण गरेको अध्यक्ष तामाङको भनाई छ ।
हस्तान्तरण कार्यक्रममा ओखलढुङ्गाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद यज्ञराज सुनुवारले सहयोगी हातहरुप्रति हार्दिक धन्यबाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यसैगरी मातृभूमिप्रतिको माया र समाज सेवालाई कायम राख्न प्रवासी नेपालीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा ओखलढुंगा एकता सेवा समाज कतारका अध्यक्ष कुमार तामाङले ओखलढुङ्गा सेवा समाज नेपालका अध्यक्ष नवराज श्रेष्ठलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरेका थिए । गाँउको आवस्यकतालाई बुझेर प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेकोमा अध्यक्ष श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । एम्बुलेन्स सञ्चालनका लागी ओखलढुङ्गा सेवा समाज नेपालका तर्फबाट ५ सदस्यी सञ्चालन समिती समेत गठन गरेको छ ।
 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप