शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पनि भित्रियो अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपर

मङ्गलबार, १६ माघ २०७४, १३ : ५५
मङ्गलबार, १६ माघ २०७४

काठमाडौं– नेपालमा अशोक लेलैण्डको नयाँ क्याप्टेन टिपरको ग्रान्ड लन्च भित्रिएको छ । सोमबार एक कार्यक्रमका बीच क्याप्टेन टिपरको विक्रि वितरण सुरुवात भएको हो ।  आइएमई मोटर्स प्रालि अन्तर्गतको अशोक लेलैण्ड व्यवासयिक गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता हो । 

होटल हायत रिजेन्सीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड अन्तर्गतको ग्लोबल ट्रकका प्रेसिडेन्ट अनुज कथुरिया लगायतको उपस्थितिमा उक्त क्याप्टेन टिपरको बिक्री वितरणको सुरुवात गरिएको हो । 

कार्यक्रममा आइएमई गु्रपका प्रबन्ध निर्देशक  हेमराज ढकाल, आइएमई मोटर्स प्रालिका निर्देशकहरु सन्दिप अग्रवाल, सुमन पोखरेल र श्री इश्वर कार्की, आइएमई मोटर्स प्रा.लिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी; अशोक लेलैन्ड ग्लोबल ट्रक्र्स—भाइस प्रेसिडेन्ट श्री सुभेन्दु मोइत्रा, अशोक लेलैन्ड कम्पनीका पूर्वी सार्क क्षेत्रीय प्रबन्धक तन्मय मित्रा लगायतको उपस्थिति रहेको थियो । 

हिन्दुजा ग्रुप अन्तर्गत अशोक लेलैण्ड भारतीय उत्पादक कम्पनी हो, जसको भारतको चेन्नाईमा मुख्यालय रहेको छ । सन् १९४८ मा स्थापित उक्त कम्पनी व्यवसायिक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी पनि हो । साथै ट्रक टिपर उत्पादकमा विश्वको बाह्रौं ठूलो उत्पादक पनि हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप