शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वलिउडका यी कलाकार जसले जिते थुप्रै अवार्ड, तर चलचित्रले छुन सकेन १ सय करोडको क्लब

मङ्गलबार, १६ माघ २०७४, १० : ३०
मङ्गलबार, १६ माघ २०७४

मुम्बई –बलिउडलाई नजिकबाट हेर्ने हो भने कयौ प्रतिभावान अभिनेत्री अभिनेता देख्न सकिन्छ । जो आफ्नो मिहेनतले चलचित्र क्षेत्रमा नाम र दाम दुबै कमाउन सफल भएका छन् । 

तर, बलिउडमा कलाकारको सफलता र असफलता बक्स अफिसमा चलचित्रले गरेको व्यवसायसँग तुलना गर्ने गरिन्छ । बलिउडमा यस्ता कयौँ हिट कलाकार छन् । जसले अभिनयबाट थुपै्र अवार्ड पाएका छन् । तर उनीहरुको चलचित्रले बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन सकेका छैन । 

शाहिद कपुर :
१५ वर्षको अभिनय करियरमा शाहिदले ८ उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । तर उनका चलचित्रले अहिलेसम्म १०० करोड ब्यवसाय गर्न सकेको छैन । ‘पद्मावत’ बाट उनी १०० करोड क्लबमा पुग्ने अनुमान गरिएको छ । 

अमिताभ बच्चन :
बलिउडका महानायक हुन् अमिताभ बच्चन । उनी जस्तो सुपरस्टार अहिलेसम्म कोही छैन बलिउडमा । उनको चलचित्रले अहिलेसम्म १ सय करोड रेकर्ड बनाएको छैन ।

बिद्या वालन :
बिद्या बालन अहिलेकी हिट अभिनेत्री हुन् । उनले चलचित्र अभिनयबाट पनि थुप्रै अवार्ड जितेकी छन् । तर उनका चलचित्रले बक्स अफिसमा हंगामा गर्न सकेको छैन ।

आयुष्मान खुराना :
आयुष्मानका त्यस्तो कुनै चलचित्र छैन । जुन चलचित्र दर्शकले नरुचाएका हुन् । तर उनका कुनै पनि चलचित्रले अहिलेसम्म १ सय करोड पार गरेको छैन । उनको चलचित्रको निर्माण लागत पनि कम हुने गरेका छन् । 

इरफान खान :
बलिउडका चर्चित अभिनेता हुन् इरफान । तर अहिलेसम्म उनको चलचित्र बक्स अफिसमा १०० करोडको रेकर्ड बनाउन असफल छन् ।
 
सन्नी देओल ः
गदर जस्तो हिट चलचित्रका अभिनेता हुन् सन्नी देओल । उनका कयौँ चलचित्र हिट भएका छन् । तर पनि चलचित्रले बक्स अफिसमा १ सय करोडको रेकर्ड बनाएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप