बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्रामीमा ब्रुनो मार्सको वर्चश्व (तस्विरहरुसहित)

सोमबार, १५ माघ २०७४, १५ : १७
सोमबार, १५ माघ २०७४

न्युयोर्क । ब्रुनो मार्सले ६ वटा उपाधि हात पार्दै सन् २०१८ को ग्रामी अवार्डमा वर्चश्व जमाएका छन् ।

धेरैको अनुमानविपरित मार्सले केन्ड्रिक लमारलाई पछि पार्दै वर्षको उत्कृष्ट एल्मबको उपाधि हात पारेका हुन् ।

मार्सको २४ के म्याजिकले लमारको र्याप टुर डे फोर्स ड्यामलाई पछि पार्दै वर्षको उत्कृष्ट एल्मबको उपाधि जितेको हो ।

लमारले र्याप विधामा वर्चश्व जमाउँदा चर्चित विधामा मार्सले अधिपत्य जमाए ।

अलेसिया काराले उत्कृष्ट नयाँ कलाकारको उपाधि जितिन् । मुख्य विधामा उपाधि हात पार्ने उनी एक मात्र महिला रहिन् ।

समारोहमा विभिन्न विधामा बाँडिएका ८६ अवार्ड मध्ये मात्र १७ वटा महिला कलाकारहरुको पोल्टामा पुग्यो ।

यस्ता रहे मुख्य विधाका विजेताहरुः
वर्षको उत्कृष्ट एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक

वर्षको उत्कृष्ट रेकर्ड – ब्रुनो मार्स – २४ के म्याजिक

वर्षको उत्कृष्ट गीत – ब्रुनो मार्स – द्याटस वाट आइ लाइक

उत्कृष्ट नयाँ कलाकार – अलेसिया कारा

उत्कृष्ट पप एल्बम – एड सिरान – डिभाइड

उत्कृष्ट रक एल्बम – द वार अन ड्रग्स – अ डिपर अन्डरस्टान्डिङ

उत्कृष्ट आर एण्ड बी एल्बम – ब्रुनो मार्स – २४ के म्याजिक

उत्कृष्ट र्याप एल्बम – केन्ड्रिक लमार – ड्याम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप