बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सोनसिकले  छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने

आइतबार, १४ माघ २०७४, १५ : १७
आइतबार, १४ माघ २०७४

काठमाडौँ । नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले  छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । फेबु्रअरी १० र ११ मा इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा  सेमिनार गर्न लागिएको समाजले जनाएको छ ।

“कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर’’ विषयमा २ दिने सेमिनार गर्न लागिएको हो । कार्यक्रममा कोरियामा रहेका नेपाली अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने संयोजक अंजना सिलवालले जानकारी गराइन् ।

कार्यक्रमको प्रमुख अतिथिको लागि कोरियाका लागि नेपालका राजदुत  अर्जुन जंग बहादुर सिंहले सेमिनारको उद्घाटन गर्ने वताइएको छ ।  शैक्षिक सेमिनारमा विद्यार्थीहरुले  विचारको आदानप्रदान गर्नुका साथै शैक्षिक क्षेत्रको विषयमा वह िगरिने कार्यक्रमका सहसंयोजक प्रकाश देवकोटाले बताए ।  अनुसन्धानकर्ताहरुको लागि सेमिनार उपलब्धीमुलक हुने देवकोटाले जनाए ।

सोनसिकले कोरियामा रहेका नेपाली  विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रमहरु वार्षिकरुपमा गर्दै आएको वताइएको छ ।  सोनसिक  १४ औ कार्यसमितिले पनि यसलाई  निरन्तरता दिदै छैटौं शैक्षिक सेमिनार गर्न लागिएको संस्थाका सभापति  विजय बस्नेतले बताए । कार्यक्रममा सहभागी हुनको लागि अनलाइन दर्ता फारम खोलीएको बताउदै बस्नेतले अनुसन्धानमुलक तथा जानकारीमुलक  पोस्टर पनि सहभागी गराइने बताए । आयोजकले उत्कृष्ट ५ पोस्टरहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप