सोनसिकले छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने
काठमाडौँ । नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । फेबु्रअरी १० र ११ मा इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सेमिनार गर्न लागिएको समाजले जनाएको छ ।
“कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर’’ विषयमा २ दिने सेमिनार गर्न लागिएको हो । कार्यक्रममा कोरियामा रहेका नेपाली अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने संयोजक अंजना सिलवालले जानकारी गराइन् ।
कार्यक्रमको प्रमुख अतिथिको लागि कोरियाका लागि नेपालका राजदुत अर्जुन जंग बहादुर सिंहले सेमिनारको उद्घाटन गर्ने वताइएको छ । शैक्षिक सेमिनारमा विद्यार्थीहरुले विचारको आदानप्रदान गर्नुका साथै शैक्षिक क्षेत्रको विषयमा वह िगरिने कार्यक्रमका सहसंयोजक प्रकाश देवकोटाले बताए । अनुसन्धानकर्ताहरुको लागि सेमिनार उपलब्धीमुलक हुने देवकोटाले जनाए ।
सोनसिकले कोरियामा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै कार्यक्रमहरु वार्षिकरुपमा गर्दै आएको वताइएको छ । सोनसिक १४ औ कार्यसमितिले पनि यसलाई निरन्तरता दिदै छैटौं शैक्षिक सेमिनार गर्न लागिएको संस्थाका सभापति विजय बस्नेतले बताए । कार्यक्रममा सहभागी हुनको लागि अनलाइन दर्ता फारम खोलीएको बताउदै बस्नेतले अनुसन्धानमुलक तथा जानकारीमुलक पोस्टर पनि सहभागी गराइने बताए । आयोजकले उत्कृष्ट ५ पोस्टरहरुलाई पुरस्कृत गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहारमा जेडीयू नेताको गोली हानी हत्या, के भन्छ प्रहरी ?
-
मिटरमा चल्नै मान्दैनन् पोखराका ट्याक्सी
-
महाधिवेशनको एजेन्डा तय गर्न जसपाको बैठक बस्दै
-
शिल्पी थिएटरमा आजबाट नाटक ‘ए आई’
-
कहिलेदेखि पाइन्छ धरहरा चढ्न ? थपिँदै विवादमाथि विवाद
-
कोरला नाकामा नेपाल र चीनका प्रहरीले गरे पैदल गस्ती (तस्बिरमा हेर्नुहोस्)