शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडितलाई खाद्यान्न वितरण

आइतबार, १४ माघ २०७४, १० : ५५
आइतबार, १४ माघ २०७४

राजविराज - सवल नेपालले सप्तरीको लौनियाका बाढी पीडितलाई शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

साबिकको लोनियाँ गाविस हाल तिलाठी कोइलाडी गाउँपालिका–२ का बाढी प्रभावित ४०० घरधुरीलाई सो राहत सामग्री वितरण गरिएको सवल नेपालका प्रमेश्वर झाले बताउनुभयो। । युएनडिपीको सहयोगमा सवल नेपालले त्यहाँका पीडितलाई जाडोबाट जोगिनका लागि एक थानका दरले कम्बल, बच्चालाई लगाउने सुतिको कपडा, बाल्टिन, मग, सुधारिएको चुल्लो, हायजिङ किट लगायतका सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा प्रजिअ भगिरथ पाणडे, सशस्त्र प्रहरी बल सप्तरीका प्रमुख रामाधार यादव, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख शतिश सिँह ,उपप्रमुख सुचिताकुमारी यादव, सवल नेपालका अध्यक्ष जुना गिरी लगायतको सहभागिता रहेको थियो । 

यसैबीच सप्तरी जिल्लाको बाढी प्रभावित विभिन्न ठाउँका छ हजार घरपरिवारलाई राहत सामग्री वितरण गर्ने योजना गरेको सवल नेपालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप