केन्द्रीय संस्करण

क्यानडामा ब्रेन ट्युमर पीडित पण्डितले पाए राहत

person access_timeमाघ १४, २०७४ chat_bubble_outline0

क्यानडा– सन् २००५ देखि क्यानडामा बसोबास गर्दै आएका पण्डित गोविन्द पौड्यालले लाइफ इन्स्युरेन्सबाट २५ हजार क्यानेडियन डलर पाएका छन् । ब्राम्टोन तथा मिसिसागाका विभिन्न मठ मन्दिरमा पुजारीको रुपमा काम गदै आएका पौड्ललाई शनिवार एक कार्यक्रमबीच इभारी इन्स्युरेन्सका प्रतिनिधि राजीव शर्मा तथा इन्स्युरेन्स एड्वाइजर मन्जु तिम्सिनाले सो रकम हस्तान्तरण गरेका थिए ।

पण्डित पौड्यालले २०१५ मा वल्र्ड फाइनान्सियल ग्रुपको इभारीसँग लाइफ तथा क्रिटिकल इन्स्युरेन्स गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, एनआरएनए आइसीसी प्रतिनिधि प्रमिला बस्नेत, एनसीएनसीका अध्यक्ष डिआर खनाल, जनजाति संघ क्यानडाका अध्यक्ष गिरी बुढाथोकि लगायतको उपस्थिति रहेकोको थियो ।

चितवनमा जन्मिएका ५१ वर्षिय पौड्यालले क्रिटिकल इलनेश इन्स्युरेन्स अन्र्तगत सो रकम पाएका हुन् । ब्रेन ट्युमरबाट ग्रसित पण्डितले विमा गरे वापत इन्स्युरेन्सले उक्त रकम सुविधा स्वरुप उपलब्ध गराएको इन्स्युरेन्स एडभाइजर मन्जु तिम्सिनाले बताईन् ।कार्यक्रममा पण्डितले आफू क्यानाडामा रहेका केही नेपालीहरुबाटै नराम्रोसंग ठगिएको र आफ्नो ठुलो रकम अपचलन भएको भन्दै गुनासो पोखेका थिए । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ