शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीयको मोवाइल किन हुन्छ ह्याङ ? कारण भेटियो अनौंठो

शनिबार, १३ माघ २०७४, १३ : ००
शनिबार, १३ माघ २०७४

गुड मर्निङ, राधे राधे, तपाईंको दिन शुभ होस् । अरु पनि कति कति ! 
विहान फोन खोल्दाखौल्दै धेरै भारतीयको फोनमा देखिन्छन् , यी र यस्ता म्यासेज  ।  जसले उनीहरुको फोनको मेमोरी भरिदिन्छ । 

हात जोडेर उभिएकी सुन्दरी महिला, फुलसँग सुतेकी बच्चासहितका यस्ता सन्देशले थाहा छैन उनीहरुको फोन पनि कतिपटक ह्याङ भएको छ । 
यो कुनै काल्पनिक कुरा होइन । यो भनाई सिलिकन भ्यालीका गुगलका रिसर्चर्सरको हो । 
उनीहरुले यो बुझ्ने कोशिष गरेका छन कि भारतीय नागरिक किन फोन ह्याङ भएको गुनासो गर्छन ?
 
शोधकर्ताले बताएका छन कि भारतीयहरु दैनिक लाखौ यस्ता गुडमर्निङवाला सन्देश एक अर्कालाई पठाउँछन्, जुन टेक्स्ट, भीडियो, अडियो र जीआइफमा हुन्छन् । 
यस्ता सन्देशले यस्तोसम्म बनाए कि इन्टरनेटको ट्राफिक नै जाम हुन्छ । अचम्म छ कि, भारतीयहरु किन यति धेरै गुडमर्निङवाला म्यासेज पठाउँछन् ? 
द वाल स्ट्रीट जर्नलमा छापिएको एक रिपोर्टका अनुसार पछिल्लो १० बर्षमा गुगलमा गुड मर्निङवाला तस्वीरको खोजी १० गुणाले बढेको छ । 

शोधकर्ताले मानेका छन कि, स्मार्टफोनको सहज पहुँच र सोशल मीडियाको ठीक जानकारी नहुुनु यसको ठूलो कारण हो । 
आजका दिनमा हरेक तप्का र व्यक्तिसँग स्मार्टफोन छ र इन्टरनेटको डाटा पनि । यसमा पहिलो पटक इन्टरनेट प्रयोग गर्नेहरुको सख्याँ पनि ठूलो छ । 
साय उनीहरुलाई यो कुराको अन्दाजा छैन, उसको यस्तो म्यासेजले अरुलाई समस्यामा पारेको छ । 
एक आईटी कम्पनीमा काम गर्ने जय हंसकर भन्छन्, ‘कम्तीमा पनि मानिसहरुलाई यो थाहा हुनुपर्छ कि उसको म्यासेजका कारण अर्कोलाई कति कठिन भैरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप