शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसमा ब्रिटिस फिल्म द डेथ अफ स्टालिनमाथि किन भयो प्रतिबन्ध ?

शनिबार, १३ माघ २०७४, १२ : ३७
शनिबार, १३ माघ २०७४

काठमाडौं–फिल्म पद्यावतमा राजपूत रानी पद्यावती र अलाउद्दीन खिल्जीबीचको प्रेमलाई लिएर भारतमा बबाल भयो । रुसमा पनि यस्तै फिल्म सम्बन्धी एउटा विवाद बाहिर आएको छ । 

रुसमा अरमान्डो इन्नुचीको ब्रिटिस कमेडी फिल्म द डेथ अफ स्टालिनलाई प्रतिबन्धन लगाइएको छ । बिहिवार यो फिल्म रिलिज हुनु थियो । ३ फेव्रुअरीसम्मको टिकट विक्री भैसकेका थिए । तर, वितरण प्रमाणपत्र फिर्ता लिइएपछि यो फिल्म रुसमा रिलिज हुन पाएन । 

यद्यपी पायनियर सिनेमाले प्रतिबन्धनका बावजुद यो फिल्म देखाउने निर्णय लिएको छ । केही व्यक्ति जसले फिल्म देखे, उनीहरुले बीबीसीसँग भनेका छन कि यसमा यस्तो आपत्तिजनक केही छैन । तर, प्रहरीले फिल्म चलाउन रोक्यो । 

मस्को पायनिर सिनेमाले भनेको छ, ‘फिल्म प्रतिबन्धनको कारण हामो नियन्त्रण भन्दा बाहिर छ । र हामी टिकट खरिद गर्नेहरुको पैसा फिर्ता गर्ने बचन दिएका छौँ ।’ 
फिल्म हेरेकी एक महिलाले भनिन्, ‘फिल्ममा प्रतिबन्ध लगाउनु अतिवाद हो ।’ अर्को एक महिलाले फिल्म देखाइनुपर्ने धारणा  राखिन् । 

जब उनलाई सोधियो – फिल्ममा केही अपमानजनक दृष्य छ त ? उनले भनिन्, ‘निश्चत रुपमा केही छैन ।’ 
कुनै अप्रिय घटनाबाट बच्न पायनियर सिनेमा घरमा प्रहरी बल बढाइएको छ । 


स्टीव बुसमी र जेफ्री तंबौर अभिनीत यो फिल्म रुसमा भविष्यमा प्रर्दशित हुन्छ वा हुँदैन, केही निश्चित छैन । 
रुसी संस्कृत मन्त्रीले अब यो फिल्म रुसमा देखाउने वा नदेखाउने भन्ने निर्णय केही समयपछि गरिने बताएका छन् । 
व्यंग्य निर्देशक अरमान्डो इन्नुचीको भनाईअनुसार यो फिल्म १९५३ मा सोभियत नेता जोसेफ स्टालिनको मृत्युपछि मस्कोमा भएको सत्ता संघर्षमाथिको व्यंग्य हो । 
अक्टुवरमा ब्रिटेनमा रिलिज भएको यो फिल्म सोमवार स्क्रीनिङ गरियो, जसमा रुसी सांसद पनि हेर्न गएका थिए । फिल्म देखेपछि उनीहरु बेखुस थिए । 
संसदको संस्कृति समितिको तल्ल सदनका उपप्रमुख द्रेपेकोले आरबीवे न्यूजसँग भने, ‘मैले आफ्नो जीवनमा यति खराव चिज कहिल्यै देखेको थिइनँ ।’ 
संस्कृति मन्त्रालयका सल्लाहकार समितिका सदस्य यूरी पोलिकोवले यसमा वैचारिक मतभेदको पक्ष देखिएको बताए । 

यो नयाँ विवादका साथै फेव्रुअरीमै रुसमा सैन्य इतिहासमा लडिएको सवैभन्दा ठूलो लडाईंमध्ये एक स्टालिनग्रान्डको युद्धको बर्षगाठ मनाइन्छ । 
मार्शल जाँर्जी झुकोवको नेतृत्वमा रुसी सेनाले जर्मन नाजीमाथि जित पाएका थिए । 
फिल्ममा झुकोवको भूमिका जेसन इसाकले निभाएका छन् । संस्कृति मन्त्री ब्लादिमीर मेडिन्सकीले लेखेको खुला पत्रमा हस्ताक्षर गर्नेमा झुकोवकी २१ बर्षकी छोरीको पनि संलग्नता छ । 
पत्रमा देशको इतिहासमो हास्यपूर्ण व्यंग्यका रुपमा रुसी नागरिकको यादलाई कलंकित गरेको विषयमा आलोचना गरिएको छ । 

हस्ताक्षर गर्नेहरुले भनेका छन, ‘फिल्ममा रुसका नागरिक र यहाँसम्म कि सोभियत संघको राष्ट्रगानको पनि अपमान गरिएको छ । फिल्मको टे«लरमा यसको केही भाग गलत तरिकाले देखाइएको छ । यसका केही भाग नागरिकलाई अप्रिय लाग्न सक्छन् । ’
मन्त्री मेडिन्सकीले यस विवादवारे भने, ‘पुरानो पीढीका केही मानिस यसलाई सोभियत संघको अपमान मान्छन् । यहाँसम्मकी केही स्टालिनबाट पीडितहरु पनि छन् । ’
उनले भने, ‘यो हाम्रो सेन्सशिप होइन । न त हामी आफ्नो इतिहासका महतवपूर्ण र अप्रिय आकलनबाट डराउँछौँ । ’

तर, अरमान्डो इन्नुचीले भनेका छन कि, निश्चित छ कि यो फिल्म रुसमा देखाइनेछ । यो प्रतिक्रिया आमजनताबाट आएको प्रतिक्रिया होइन ।  

उनले गार्जियनसँग भने, रुसी प्रेससमेतलाई हामीले रुसमा यो फिल्म देखायौँ, उनीहरुलाई फिल्म मन परेको छ । सराहना गरेका छन् । उनीहरु दुई कुरा गर्छन्, यो व्यंग्य हो तर साँचो ।
बिजनेस डेलीले लेखेको छ, ‘संस्कृत मन्त्रालय निमय बदलिरहेको छ । फिल्मको विरतण प्रमाणपत्र जारी गर्ने नियमति प्रक्रिया बदलेर सेन्सरशिपजस्तो कुरा ल्याइएको छ । अतिवादका विरुद्ध संघर्ष सामान्य हतियार बनेको छ । फीचर फिल्मको राजनीतिक रुपमा गलत प्रयोग गरिएको छ । यो पहिलो पटक भएको छ कि, राजनीतिक कारणले फिल्मको वितरण रोकिएको छ ।’
आरबीसीका अनुसार यो स्क्यान्डलको पूर्वचुनाव अभियानका देखाइनेछ  र रोक्न खोजिए मन्त्री बर्खास्तीमा पर्न सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप